गृहपृष्ठ Featured ‘एक घर, पाँच योग, सात जडीबुटी’ अभियानमा मायादेवी गाउँपालिका

‘एक घर, पाँच योग, सात जडीबुटी’ अभियानमा मायादेवी गाउँपालिका

प्रकाशित मिति:

कपिलवस्तुको मायादेवी गाउँपालिकाले ‘एक घर, पाँच योग, सात जडीबुटी’ कार्यक्रमको सुरुआत गरेको छ । पहिलो चरणमा गाउँपालिकाको सम्पूर्ण निर्वाचित पदाधिकारी तथा कार्मचारीहरुलाई आ–आफ्नो घरमा जडीबुटी लगाउन तथा प्रयोग गर्नका लागि अभिमुखिकरण गरी ७ वटा जडीबुटीको विरुवा वितरण गरेको छ ।

हाल विश्वमा नसर्ने रोगको प्रकोप अत्याधिक बढिरहेको समयमा मायादेवी गाउँपालिकामा अभियानको महत्वका साथ स्वस्थ्य जीवनशैली अपनाउन आम समूदायमा पु–याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयुर्वेद औषधालय पकडीको प्रमुख रेखा शुक्लाले जानकारी दिनुभयो ।

नसर्ने रोगको न्यूनीकरण, पर्यावरण शुद्ध गर्न, लोपोन्मुख जडीबुटी संरक्षण गर्न, सामान्य समस्यामा घरमा नै प्राथमिक उपचार गर्न, आयुर्वेद सेवा घर घरमा पु–याउने उद्देश्यका साथ कार्यक्रमलाई अगाडि बढाइएको औषधालय प्रमुख शुक्लाले बताउनुभयो ।

यस अभियानलाई सफल पर्नको लागि महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई योग तथा जडीबुटी सम्बन्धी जानकारी गराई परिचालन तथा सबैको घरमा जडीबुटीको विरुवा रोप्न तथा प्रयोग गर्न सिकाएर अभियानलाई सफल बनाउने लक्ष्य राखिएको छ ।

मायादेवी गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि तथा कार्मचारीहरुलाई ‘एक घर पाँच योग सात जडीबुटी’ सम्बन्धी कार्यक्रममा हाम्रै गाउँघरमा पाइने जडीबुटीहरु कसरी प्रयोग गर्ने ? कुन रोगमा प्रयोग गर्ने ? लगाएतका विषयमा कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र कपिलवस्तुकी डाक्टर अर्चना शुक्लाले जानकारी गराउनु भएको थियो ।

सम्बन्धित् समाचार