गृहपृष्ठ खबर तालिम लिए पछि भलवाडका महिला ब्यवसायी बन्दै

तालिम लिए पछि भलवाडका महिला ब्यवसायी बन्दै

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ९ भलवाडका महिलाहरु तालिम लिएपछि अहिले आफैले ब्यवसाय सुरु गरेका छन । सिएलसिबाट वडाको समन्वयमा अचार बनाउने तालिम लिएका महिलाहरुले आफैले अचार बनाएर ब्यवसाय सुरु गरेका हुन । तालिम लिएर सिकेको सिप ब्यवहारमा उतारेका कारण महिलाहरुको उदारणीय कार्यका लागी चौतर्फी प्रशंसा गरिएको छ ।
तालिम लिइ सकेपछि महिलाहरुले ७ सदस्य सञ्जवनी उद्यमी महिला समुह गठन गरेर ब्यवसायीक रुपमानै अचार बनाउन थालेका हुन । समुहको अध्यक्षमा मनकला गिरि,उपाध्यक्षमा चन्द्रावती थारु, सचिवमा धना पौडेल, सहसचिवमा कमला अधिकारी, कोषाध्यक्षमा पुष्पा खनाल, सदस्यहरुमा शोभा भुसाल र शोभा पोख्रेल रहेकी छन ।

समुह भएपछि आर्थिक रुपले सहज हुने र दिनभर ब्यस्त हुदा बेरोजगार पनि नभइने हुदा अचार ब्यवसाय सुरु गरेको महिलाहरु बताउछन । आप, कटहर, करेला, खुर्सानी, लसुन, मटर चना, मुला सहितको मिक्स अचार उत्पादन सुरु गरेका उनीहरुले बजार पाए माग अनुसार थप लाग्ने बताउछन । एक पाउ, आदा केजि, एक केजि र पाच केजिका भाडामा अचार बिक्रिका लागी राखीएको छ । बिना केमिकल घरमै बनाइएकाले शरिरलाई कुनै असर नपर्ने भएकाले उपयोग गर्न उनीहरुले आग्रह समेत गरेका छन । प्रत्येक सदस्यले रु एक हजार उठाएर ब्यवसायी सुरु गरेका महिलाहरुलाई प्रोत्साहान गर्न वडा कार्यालयले पनि सक्दो सहयोग गर्ने वडा अध्यक्ष धुर्व बेल्बासेले बताए ।

सम्बन्धित् समाचार