गृहपृष्ठ Featured सिमेन्ट उद्योगको प्लान्ट निर्माणको क्रममा ढलान भत्किदा दाङमा ३ जनाको मृत्यु

सिमेन्ट उद्योगको प्लान्ट निर्माणको क्रममा ढलान भत्किदा दाङमा ३ जनाको मृत्यु

प्रकाशित मिति:

दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कँदा तीन जनाको मृत्यु भएको छ ।  लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको मृत्यु भएको हो ।

घटनामा अन्य तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताउनुभयो ।
मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव छन् ।

घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । घाइतेमध्ये अजय र नरेनलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ । घटना गएराति २ बजे भएको बताइएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । दिउँसो काम गर्दा गर्मी बढी हुने भएकाले उनीहरु रातको समयमा काम गरिरहेका थिए ।

सम्बन्धित् समाचार