
खोटाङ – दिप्रुङ चुईचुम्मा गाउँपालिका–४, बतासे नाप्तीकुका ५० वर्षीय ललिन्द्र राई पुलबाट हाम फालेर सुनकशीमा बेपत्ता हुनुभएको छ ।
उदयपुरको बलम्तामा आफन्तको घरमा पुगेर घर फर्कने क्रममा राईले बतासे र उदयपुरको लिङचुङबुङ गाउँपालिका जोड्ने भँडारेघाटमा पुलबाट सुनकोशीमा हाम फालेर बेपत्ता हुनुभएको हो ।
श्रीमतीसँगै घर फर्किरहेका समयमा राईले आइतबार पुलबाट हाम फालेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।
राईले हाम फाल्नुको कारण खुल्न सकेको छैन । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताउनुभयो ।
अन्तिम अपडेट: असार १, २०७६