कपिलबस्तु जिल्लाको बाणगंगा न.पा वडा नं. ४ गजेहडामा अवस्थित वाणगंगा माध्यमिक विद्यालयमा क्ष्क्ब् कार्य अन्तर्गत सुन्य फोहोरमैला कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले कुहिने फोहोरमैलाबाट कम्पोष्ट मल र नकुहिने फोहोरबाट विभिन्न सजावटका साम्रगीहरु निर्माण गरेको छ ।
विद्यालय वरिपरि समुदायका आमासमूहका सदस्यहरुलाई जम्मा गरि प्लाष्टिक र कागजबाट निर्माण गर्न सिकाइएको छ । विद्यार्थीहरुले सामग्री निर्माण गर्ने कार्य सिकाएका समुदायलाई सिकाएका छन् । सो कार्यक्रममा टोल विकास समिति ठाकुरापुरका संयोजक कमल पराजुली, विद्यालयका प्रधानाध्यापक रामप्रसाद भण्डारी, पत्रकार विभिन्न नागरिकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
विद्यार्थीले ढकिया ,फुलदायी ,गुन्द«ी फुलहरु इत्यादी निर्माण गरि देखाइएको थियो । कार्यक्रमका वक्ताहरुले विद्यार्थीले आइ. एस. ए. मा प्राप्त गरेको सफलतामा धन्यबाद दिनुभएको छ । नभप्रभात युवा क्लब ठाकुरापुरका अध्यक्ष मिलन चालिसे ले विद्यार्थीको सृजनशिल कार्यको उच्च प्रशंसा गर्नुभएको थियो ।