गृहपृष्ठ खबर कपिलवस्तु नगरपालिकामा पाँच दिन बिद्यालयलाइ गर्मी बिदा

कपिलवस्तु नगरपालिकामा पाँच दिन बिद्यालयलाइ गर्मी बिदा

प्रकाशित मिति:

अत्यधिक गर्मि बढे सगै कपिलवस्तु नगरपालिकाले सोमबार देखी ५ दिन सम्म बिद्यालय बिदा गर्ने निर्णय गरेको छ । नगर प्रमुख किरण सिंहको अध्यक्षतामा सम्पन्न कपिलवस्तु नगरपालिकाको नगर कार्यपालिका बैठकले असार २ देखी ६ गते सम्म नगर क्षेत्रका सामुदायिक र संस्थागत बिद्यालय बिदा गर्ने निर्णय गरेको हो । बिद्यालयको बार्षिक बिदाबाट कट्टा गर्ने गरि पाँच दिन बिद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले जानकारी दिए । त्यसै गरि बैठकले कपिलवस्तु नगरपालिकाको पाँचौ नगरसभाको निती तथा कार्यक्रम असार १० गते सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सम्बन्धित् समाचार