गृहपृष्ठ खबर बाणगंगा वडा न ८ काे उदाहरणीय काम विभिन्न जातका झन्डै डेढ सय विरुवा रोपियाे

बाणगंगा वडा न ८ काे उदाहरणीय काम विभिन्न जातका झन्डै डेढ सय विरुवा रोपियाे

प्रकाशित मिति:

वडा न ८ का वडा अध्यक्ष गुणानिधि भुषालको उपस्थितीमा मधुवनमा रहेको एक पोखरीको छेउ छाउ र जननि आधारभुत माध्यामिक विद्यालयको बगैचामा गरि करिब डेढ सय विरुवा रोपिएको  हो । असोक,धुपि आदि जातका विरुवाहरू वडा नम्बर  ८का वडा  अध्यक्ष गुणानिधि भुषाल,कार्यपालिका सदस्य पुर्णकला सुनार, जेष्ठ नागरिक ८३ बर्षिय झबिन्द्र भण्डारि ,वडा संजालका अध्यक्ष दयाराम पौडेल ,जेसिस वर्ष २०१९ का उपाध्यक्ष बावुराम अर्याल , लगायत अन्य ५० भन्दा बढि सामाजिक व्याक्तिहरुले रोपेका थिए ।

वृक्षारोपण पश्चात वडा अध्यक्ष भुषालले बोल्दै रोपेका विरुवा हरुको संरक्षण र दिगो व्यवस्थापनमा ध्यान दिन स्थानियलाई आग्रह समेत गर्नु भएको छ । वडा अध्यक्ष भुषालले निकट भविष्यमै यस क्षेत्र लाई पर्यटकिय क्षेत्र रुपमा विकाश गरेर नमुना वडाका रुपमा चिनाउन आफुले आवश्यक कदम चालिरहेको वताउनु भयो

सम्बन्धित् समाचार