गृहपृष्ठ खबर स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्ती कपिलवस्तुमा पनि मनाइयो

स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्ती कपिलवस्तुमा पनि मनाइयो

नेपाली राजनीतिका युगपुरुष पुर्वप्रधानमन्त्री तथा नेपाली कागे्रसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ती कपिलवस्तुमा पनि मनाइएको छ । नेपाली काग्रेस कपिलवस्तुले गिरिजावाबु र राजनीति विषयक विचार गोष्ठी गरी जन्म जयन्ती तौलिहवामा मनाएको हो ।
कार्यक्रममा बोल्दै नेका केन्द्रिय सदस्य एवंम सांसद अतहर कमालले गिरिजावाबु नै शान्तिको संवाहक भएको बताउनुभयो । उहाले गिरिजाकै कारण तत्कालिन माओवादीलाई सशस्त्र द्धन्द्ध र युद्ध त्याग गर्न लगाई शान्ती सम्झौतामा ल्याई नेपाललाई आमुल परिवर्तन गरेको बताउनुभयो ।
नेपाली कागे्रसं पार्टी हारेपनि जनताको जितहुने हुंदा निर्वाचन समयमै गर्नुपर्ने र जनतालाई सार्वभौम मान्ने कामको थालनी समेत कोइरालाले गरको उल्लेख गर्नुभयो ।
त्यस्तै कागे्रंस पार्टी सभापति सुरेन्द्रराज आर्चायले गिरिजाबाबुको काम र सिदान्त जे भन्छु त्यही गर्छु भन्ने योजना रहेको र बोलीअनुसार काम हुंदा देश र जनताले विश्वास गरेको बताउनुभयो ।
तर हाल आएर प्रधानमन्त्री के.पी शर्मा ओलीले कामभन्दा कुरा बढि गरी जनतालाई झुटो आश्वसान दिएको बताउनुभयो । उहाले पानीजहाज, ग्यास, रोजगार जस्ता सम्पन्नगर्न नसकिने कुरा गर्नु समय सान्दर्भीक नभएको बताउनुभयो ।
कार्यक्रममा पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय, जिल्ला सचिव महेन्द्र पाठक, कोषाध्यक्ष शोहरत तेली, महिला संघकी केन्द्रिय सदस्य सुमित्राशर्मा, नेता ललित गुरुङ , प्रकाश गैरे लगायतले बोल्नु भएको थियो । कार्यक्रको संचालन सचिव प्रेम बहादुर रायमाझिले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार