गृहपृष्ठ Featured सन्जुको ह्याट्रिकमा पुलिस क्वाटरफाइनल नजिक

सन्जुको ह्याट्रिकमा पुलिस क्वाटरफाइनल नजिक

प्रकाशित मिति:

नेपाल पुलिस क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको क्वाटरफाइनल नजिक पुगेको छ ।

बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै पुलिस क्वाटरफाइनल नजिक पुगेको हो ।

एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन सन्जु सेनले ह्याट्रिक गरे । यस्तै रबिन राई र एन्सन राईले एक एक गोल गरे ।सरस्वतीले एक गोल आत्मघाती उपहार पाएको थियो  । पुलिसका बिजेन राईले आत्मघाती गोल गरेका थिए ।

जितसँगै समूह ‘सी’ को पुलिसले लगातार दोस्रो जित निकालेको छ । समूहको शीर्ष स्थानमा रहेको पुलिसको ६ अंक रहेको छ ।

लगातार दुई खेलमा हार व्यहोरेको सरस्वतीले अंक जोड्न सकेको छैन ।

एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

सम्बन्धित् समाचार