गृहपृष्ठ Featured टिप्परको ठक्करबाट कपिलवस्तुमा १ जनाको मृत्यु, २ घाइते

टिप्परको ठक्करबाट कपिलवस्तुमा १ जनाको मृत्यु, २ घाइते

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको गोरुसिङे-पत्थकोट सडक खण्ड अन्तर्गत बुद्धभुमि नगरपालिका वडा नम्बर १ बिरपुरमा आज बिहान टिप्परले अटो रिक्सालाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परि २ जना घाइते भएका छन् । गोरुसिङे-पत्थकोट पक्की सडक खण्डमा गोरुसिङेबाट पत्थरकोट तर्फ जादै गरेको रा १ ख १६३९ नं.को टिप्परले बिपरित दिशाबाट आउदै गेको लु १ ह २५१२ नम्बरको आटो रिक्सालाई ठक्कर दिदा अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर-२ सितापुर निपाने घर भएका ५५ वर्षिय हरि बहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ  ।

दुर्घटनामा परि मृतकको श्रीमती ४८ वर्षिया सीता वली गम्भीर घाईते भएकी छन्। दुर्घटनामा परि कपिलवस्तु बुद्धभुमी १ भेलाईका ५० वर्षिय अटो चालक तारा बहादुर टण्डन सामान्य घाइते भएका छन् ।

उनीहरुलाई थप उपचारको लागी चौराहा अस्पताल बुटवलमा पठाइएको छ । टिप्पर,टिप्पर चालक र अटो रिक्सालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बिषयमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार