गृहपृष्ठ प्रदेश नं ५ सल्यान कपुरकोटमा ट्रक पल्टिदा १० जना घाइते

सल्यान कपुरकोटमा ट्रक पल्टिदा १० जना घाइते

प्रकाशित मिति:

असार २३, सल्यान । सल्यानको कपुरकोटमा ट्रक दुर्घटना हुँदा १० जना घाईते भएका छन् । रुकुमबाट तुलसीपुर तर्फ जादै गरेको ना ४ ख ९७११ नम्बरको ट्रक सोमबार बिहान कपुरकोट गाँउपालिका वडा नम्बर ३ आगरखोलाको घुम्तीमा सोमबार बिहान १० बजेतिर ट्रक दुर्घटना भएको हो
दुर्घटनामा परि ट्रक चालक तुलसीपुर उपमहनगरपालिका वडा नं. ५ निवासी २६ बर्षीय ताराप्रसाद खड्का, सहचालक सोही ठाउँकै २० बर्षीय यज्ञबहादुर खड्का, तुलसीपुर ५ कै मानबहादुर पुन घाइते भएका छन् ।
यस्तै दुर्घटनामा सल्यान शिद्धकुमाख गाउँपालिका २ का ६४ बर्षीय दलबहादुर बोहरा, सल्यान बागचौर ३ का ३२ बर्षीय गीता रेउले, कपुरकोट गाउँपालिका ५ का छबि विक, उनका ११ बर्षीय छोरा प्रविन विक,शिद्धकुमाख गाउपालिका १ का ५३ बर्षीय दुर्गाबहादुर बस्नेत, छत्रेश्वरी गाउँपालिको लान्तीका ४० बर्षीया नविना खत्री र उपेन्द्र रावल घाइते भएका छन् ।
उनीहरुको कपुरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि दाङ पठाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ट्रक दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ । ट्रक सडकदेखी करिब ५५ मिटर तल खसेको बताएको छ । घाईते सबैको स्वास्थ्य खतरामुक्त रहेकाे प्रहरीको भनाइ छ ।

सम्बन्धित् समाचार