गृहपृष्ठ प्रदेश नं ५ अर्घाखाँची सन्धिखर्कमा कार दुर्घटना हुदा ५ घाइते

अर्घाखाँची सन्धिखर्कमा कार दुर्घटना हुदा ५ घाइते

प्रकाशित मिति:

सुशील गैरे,अर्घाखाँचीको सन्धिखर्क बिहार बजार नजिक कार दुर्घटना भएको छ। मालारानी गाउँपालिका वडा नम्बर-४ सितबाट सन्धिखर्कको लागी हिंडेको कार सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक अन्तगर्त सन्धिखर्कको बिहार बजार नजिक दुर्घटना भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर-१० बिहार मुगलिन बजारमा मे १६ ब ६३८१ नम्बरको रातो प्लेट गरेको अल्टो कार दुर्घटनामा परेको हो। दुर्घटनमा परि मालारानीका ५ जना घाईते भएका छन । घाईते हुनेहरुमा गाडी चालक अशोक खड्का, भिम प्रसाद घिमिरे, बिमला घिमिरे, शोभाखर घिमिरे र बिकास भुसाल रहेका छन ।
घाईते ३ जनालाई बुटवल रिफर गरिएको छ भने २ जनाको जिल्ला अस्पाताल सन्धिखर्कमा उपचार भैरहेको छ । गाडि सडकबाट उडेर नजिकको खेतमा पुगेकाले ठुलो दुर्घटना टरेको छ । गाडि स्पीड भएका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । गाडि चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । उक्त क्षेत्रमा बाटो पिच भएकाले गाडिहरु ओभर स्पीडमा हिंड्दा दुर्घटना हुने गरेका छन ।

सम्बन्धित् समाचार