गृहपृष्ठ Featured मृगौला पिडितका लागी कपिलवस्तु बन पैदावारद्धारा एकमुष्ट ५१००० नगद सहयोग

मृगौला पिडितका लागी कपिलवस्तु बन पैदावारद्धारा एकमुष्ट ५१००० नगद सहयोग

प्रकाशित मिति:

कपिलवस्तु बन पैदावार उद्योग व्यवसायी संघको अगुवाईमा बाणगंगा नगरपालिका वार्ड नं ६ लक्ष्मणघाट निवासी मृगौला पिडित टिकाराम खनाल की आमा भिमा खनाललाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

कपिलवस्तु बन पैदावार उद्योग व्यवसायी संघको तर्फबाट २३,४८० र काठ व्यवसायीबाट २७,२२० गरी एकमुष्ट ५१००० नगद रकम हस्तान्तरण गरिएको छ । स्वर्गिय पिता टंकराज खनाल र आमा भिमा खनाल छोरा टिकाराम खनाल हाल मानव अंग प्रत्यारोपरण केन्द्र, भक्तपुरमा उपचारार्थ छन् ।

सो कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुकदेव थारुले हामी सबैको सानो सहयोगले गर्दा पिडित खनाललाई उपचारमा सहयोग पुग्ने भएकाले सहयोगी संस्था कपिलवस्तु बन पैदावारलाई धन्यवाद ज्ञापन गर्दे आगामी दिनमा पनी सबै संघ संस्था निकाय र व्यक्तिलाई पनि सहयोगका लागी अपिल गरेका छन् ।

SANS
 

यसै गरी कार्यक्रममा प्रमुख अतिथि बन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य रुक बहादुर भुसाल मानव सेवा गर्ने हेतुले मृगौला पिडित खनालको औषधी उपचारमा सहयोग गर्ने उद्देश्यले यो रकम हस्तान्तरण गरिएको बताएका छन् साथै उहाँले पिडित खनालको जस्तो समस्या कसैलाई नपरोस् भन्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्नु गरेका छन् ।

कपिलवस्तु बन पैदावार उद्योग व्यवसायी संघका अध्यक्ष पुशपती शर्माको अध्यक्ष र महासचिव कृष्ण बहादुर चौधरीको संचालनमा सम्पन्न कार्यक्रममा मायादेवी रेडियोका कार्यकारी निर्देशक थानेश्वर अधिकारी, व्यवसायी सुरेन्द्र पाण्डे, बसन्त के.सी.,कल्याण टण्डन,रनेन्द्र सेन, प्रकाश कार्की, शंकर भाट क्षेत्री, राज कुमार श्रेष्ठ, कलाकार दिनेश रञ्जन लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार