अर्घाखाँचीको सुपादेउराली नजिक पहिरो जाँदा एकतर्फी सडक अवरुद्ध भएको छ । गोरुसिङ्गे-सन्धिखर्क सडकखन्ड अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर-७ साउनेपानीमा बाटोदेखी ५० मिटर माथीबाट पहिरो खसेपछी बाटो एकतर्फी रुपमा मात्र संचालनमा छ । हिंजो रातीदेखी निरन्तर परिरहेको बर्षाले खाँचीखोला पुलभन्दा केही पर बाटोमा पहिरो खसेको हो । आज बिहान ९ बजे खसेको पहिरोले केहीबेर सवारिसाधन आवागमन हुन सकेको थिएन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय प्रशासनको प्रयासपछी अहिले बाटो एकतर्फी रुपमा सन्चालनमा आएको नरपानी चौकीका प्रहरी नायब निरिक्षक राम प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
वर्षा नरोकिएको र ठुल्ठुला ढुङ्गा बाटोमा झरेकाले पहिरो पन्छाउन कठिन भैरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । डोजरले मात्र ठुल्ठुला ढुङ्गा हटाउन नसक्ने भएकाले बैकल्पिक साधनहरु अपनाएर बाटो दुइएतर्फीनै संचालनमा ल्याउने प्रयास भैरहेको पनी प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाई छ ।
गृहपृष्ठ प्रदेश नं ५ अर्घाखाँचीको सुपादेउराली नजिक पैरो जादा यातायात सन्चालनमा कठिन
अर्घाखाँचीको सुपादेउराली नजिक पैरो जादा यातायात सन्चालनमा कठिन
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजनकपुरको लगातार दोस्रो जित
१ घण्टा अघि
प्रधानमन्त्री ओली चीन प्रस्थान
६ घण्टा अघि
१२०० घट्यो सुनको भाउ
६ घण्टा अघि
दाङमा कौडा खेलेको आरोपमा १७ जना पक्राउ
७ घण्टा अघि