गृहपृष्ठ खबर जन्मदिनमा अनुकरणीय काम , वृक्षारोपण र रक्तदान

जन्मदिनमा अनुकरणीय काम , वृक्षारोपण र रक्तदान

प्रकाशित मिति:

कपिलवस्तु असार २४,
पछिल्लो समयमा युवा पुस्ताहरू बीच जन्मदिन ‘सेलिब्रेसन’ गर्ने बहानामा विभिन्न रेस्टुरेन्टहरूमा ‘बर्थ डे केक’ र ‘कक्टेल’ सहितको पार्टी गर्ने प्रचलन समाजमा बढ्दै गइरहेको छ । तर कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नम्बर ८ का सुजन पौडेल क्षेत्रीले भने आफ्नो २१ औँ जन्मदिन माथी उल्लेख गरिए जस्तो नभई पृथक ढंगले मनाएका छन् ।

जन्मदिनको दिन, असारको झरीमा उनी बाणगंगा बाट ३२ किलोमीटरको दुरीमा रहेको प्रदेश नम्बर ५ को राजधानी बुटवल पुगे र रेडक्रस सोसाइटीमा रक्तदान गरे त्यस लगत्तै आफ्नै वडामा फर्किए र वडा अध्यक्ष गुणानिधी भुसाल सहित आफ्ना साथिभाई र स्थानीय समाजसेवीहरू संगै वृक्षारोपण कार्य सम्पन्न गरे ।

वडा स्तरीय युवा संजालका अध्यक्ष दयाराम पौडेल स्थानिय समाजसेबि चेतनारायण भण्डारी ,ज्ञानु पौडेल ,सन्तोष मरासिनी लगायको उपस्थितिमा करिब एक सय बिरुवाहरू रोपिएको स्थानिय मदन पौडेलले जानकारी दिएका छन् ।
जन्मदिनमा गरिने वृक्षारोपणले पर्यावरण जोगाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह हुने वडा नम्बर आठँ का वडा अध्यक्ष गुणानिधी भुसालले बताउनु भयो।

सम्बन्धित् समाचार