गृहपृष्ठ Featured हार्थोकमा जीप दुर्घटना, चालक सहित १५ जना घाइते

हार्थोकमा जीप दुर्घटना, चालक सहित १५ जना घाइते

प्रकाशित मिति:

जिल्लाको रिब्दीकोट गाउँपालिका ३ हार्थोक– सर्देवा सडक खण्डामा जीप दुर्घटना भएको छ । बुटवलबाट सर्देवा तर्फ जादै गरेको लु.अ.अ. ब ४१९४ नम्वरको बलेरो जीप मंगलबार दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सहित १५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा पर्सा जिल्ला पर्सागढी नगरपालिकाका २६ वर्षका नारायणबहादुर बस्नेत, रैनादेवी छहरा गाउँपालिका ४ का २८ वर्षकि जुना थापा मगर, वडा ५ का ७० वर्षकी भुमा देबी बुढाथोकी, वडा १ का चालक २२ वर्षका खड्कबहादुर रेश्मी, वडा ५ का ६४ वर्षका टिकाबहादुर थापा, सोही स्थानका ५४ वर्षकी मनकुमारी थापा, ४ वर्षकी वर्षा कुमारी पुन, २९ वर्षकी कमला सिहं मगर, २६ वर्षकी मिना पुन, ४ वर्षकी रक्षा पुन, ३५ वर्षका थमन सिहं मगर, २४ वर्षका नेत्रबहादुर दर्लामी, वडा ६ का २८ वर्षका योग नारायण पुन, सोही स्थानका २ वर्षका रञ्जित पुन, १९ वर्षका राजन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाडी अनियन्त्रित भई सडक देखि ३० मिटर तल खसेको थियो । घाइतेहरुको अवस्था सामन्य रहेको र युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार