गृहपृष्ठ खबर पर्यटकीय गन्तब्य जगदीशपुरमा  पर्यटन पुर्वाधार तथा सुधार आयोजनाको काम रोकियो

पर्यटकीय गन्तब्य जगदीशपुरमा  पर्यटन पुर्वाधार तथा सुधार आयोजनाको काम रोकियो

प्रकाशित मिति:

दुई निकाय बिच समन्पवय नहुदा सरकार र प्रदेश नम्बर ५ कै प्रमुख गन्तब्यकै रुपमा रहेको कपिलवस्तु नगरपालिका– ९ स्थित जगदीशपुर तालमा ३ करोडको पर्यटन पुर्वाधार तथा सुधार आयोजनाको काम रोकिएको छ । सिंचाई बिभाग र पर्यटक बिभाग बिच परियोजना बारे समन्वय र सहकार्य नहुदा काम रोकिएको हो ।

सरकारको समेत पर्यटकीय गन्तब्यकारुमा सुचीकृत गरेको जगदीशपुरमा पर्यटन बिभागले सो परियोजनाको काम ठेक्का मार्फत अघि बढाएको थियो । बाणगंगा सिंचाई ब्यवस्थापन डिभिजन कार्यालयले आफुसंग कुनै समन्वय नगरी कार्य अघि बढाएको भन्दै काम अघि नबढाउन निर्देशन दिए पछि सो परियोजनाको काम रोकिएको वडा नम्बर ९ का वडा अध्यक्ष शिव बहादुर वाग्लले बताए । गत असार २१ गते देखि ठेकेदारले काम सुरु गरेको थियो । ३ दिन काम हुन नपाउर्दै काम रोकिएको वडा अध्यक्ष वाग्लले बताए । सिंचाई परियोजनकालागि जगदीपुर ताल ४ दशक अघि निर्माण गरिएको थियो ।

यस्तै तालमा जेबिक बिबिधताले भरिएको भन्दै सन २००३ मा ताललाई बिश्व सीमसार क्षेत्रमा सुचीकृत गरिएको थियो । सीमसार क्षेत्रमा सुचीकृत भए यता तालको स्वामित्व र क्षेत्राधिकारका बिषमया सिंचाई र वन कार्यालयका बिचमा बिवाद रहदै आएको वाग्ले बताउछन । वडा अध्यक्ष वाग्लले पर्यटन बिभागले सिंचाई बिभागसंग समन्वय गरी काम अघि बढाउनु पर्ने बताए । ‘ परियोजनाले तालको पर्यटकीय विकासमा ठुलोे मद्धत गर्छ, त्यसैले यो परियोजनालाइृ जसरी पनि अघि बढाउनु पर्छ ’ उनले भने । बाणगंगा सिचांई डिभिजन कार्यालयका प्रमुख रामकृष्ण घोरासैनीले पर्यटन बिभाग र ठकेदार कम्पनीले आफनो कार्यालयसंग कुनै समन्वय नगरी एकतर्फीरुमा काम अघि बढाएकाले राकेको बताए । ‘ ठेकेदारले कुनै जानकारी नगराई तालको भित्रि भागको संरचना निर्माणको काम अघि बढायो,यो नियमले पनि मिल्दैन ’ उनले भने ।

उनले सिंचाई र पर्यटन बिभागबाट आफनो कार्यालयललाई सो परियोनजा बारे कुनै जानकारी नआएको उनले बताए । ‘ तालमा प्रारंभिक वातावरणीय परिक्षण बिना कुनै काम गर्न पाईर्दैन, बिभागबाट कुनै पनि जानकारी आएको छैन, ’ उनले भने ‘ यस्तोमा काम गर्न दिन मिल्दैन ’ । ईआइए नगरेकोले अझै सम्म आफनै कार्यालयले तालको सफाईको काम समेत अघि बढाउन नसकेको उनले बताए । । उता जगदीशपुर जलयास ब्यवस्थापन बहुसरोकार मंचका अध्यक्ष ललति गुरुङले समेत परियोजनको काम जसरी पनि अघि बढाउन पर्ने माग गरे । ‘ जसरी पनि यो परियोजनको काम अघि बढाउनु पर्छ ’ उनले भने ।

जगदीशपुरमा  ३ करोडको  पर्यटन पुर्वाधार तथा सुधार आयोजनाको काम रोकियो

सो परियोजनको ठेक्का पाएका काठमाणडैको कल्पबृक्ष र जलुकेजी जेभीका ठेकेदार कोषनाथ ढुंगानाले पर्यटन बिभागको आदेश अनुसार आफनो कम्पनीले तालमा परियोजनाको काम अघि बाढएको बताए । तालमा रोकिएको कामका बिषयमा आफुले पर्यटन बिभागलाई जानकारी गराएको बताए । रोकिएको कामलाई अघि बढाउन सिंचाई बिभागले पहल गरेको उनले बताए । गत बैशाख २५ गत संझौता भई २०७७ कार्तिक २ गते परियोजना संपन्न गर्नु पर्नेछ । परियोजना अन्र्गगत तालको बाधको भित्रि किनारमा ढेड मिटर चौडाईको २ देखि ३ किमिको पैदल मार्ग निर्माण गर्ने कार्य योनजा छ । यस्तै फुलको बगैचा लगातयका सुन्दरीकरण गर्ने काम रहेको छ । आयोजनाका कुल लागत भ्याट सहीत ३ करोड १० लागत रहेको छ । ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् ।

त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाईने कुरा नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । तालमा पेकिंग डग, नील टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानीहा“स प्रशस्त देखिन्छन् । त्यस्तै तालमा सारश, सुनजुरे, भुडिफोर, ध्यानी बकुल्ला र सेतो गरुड लगायतका चराहरु पनि यहा आउछन् । कृत्रिम रुपमा बनाईएको नेपालकै सबैभन्दा ठूलो ताल हो । ताल सन २००३ मा अन्तराष्ट्र्रिय सिमसार क्षेत्र रामसारमा सुचिकृत भएको थियो ।

सम्बन्धित् समाचार