आज एक कार्यक्रमका बीच श्रृगीघाट सामुदायिक वनद्धारा सिद्धार्थ माध्यमिक विद्यालय बुङची, शान्ति निम्नमाध्यमिक विद्यालय डुङगहवा र सिद्धार्थ निमावि गजेहडामा अध्ययनरत गरिब तथा जेहेन्दार दुईदुई जना विद्यार्थीलाई रु २ हजार ५सय रुपैया हस्तान्तरण गरिएको छ ।उक्त सामुदायिक विद्यालयलाई स्कूल वन हरीयाली कार्यक्रम अनुसार वनले ३० । ३० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएको रकमबाट विद्यालय प्राङगणलाई तारबार गर्ने, वृक्षरोपण गरी सुन्दरीकरण गर्ने उद्देश्यका साथ हस्तान्तरण गरिएको वनका अध्यक्ष रेणु सेनले जानकारी दिनुभयो ।
यस्तै सिद्धार्थ निमावी गजेहणका नीजि स्रोतका शिक्षकहरुलाई रु १ लाख ५० हजार रकम सहयोगगरेको वनका सचिव कृष्ण पौडेलले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य झलकबहादुर मल्ल ठकुरी, सव डिभिजन कार्यालय माोतीपुरका गौतम स्वालापाला, सिद्धार्थ मावि बुङचीका प्रधानाध्यापक टिकाराम भुसाल, शान्ति निमाविका शिक्षक सोमबहादुर थापा, अनिरुद्र पौडेल, डुंगहवाका प्रधानाध्यापक रामजी ठाकुर, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण पौडेल लगायतले वनले उल्लेखनीय कार्य गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा यस्तै सह्रानीय कार्यको अपेक्षा गर्नुभएको थियो ।
वनका अध्यक्ष रेणु सेनको अध्यक्षता रहेको कार्यक्रम वनका सचिव कृष्ण पैडेलको संचालनमा सम्पन्न भएको थियो ।