गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकाको बजेट ८९ करोड ४१ लाख २५ हजार

कपिलवस्तु नगरपालिकाको बजेट ८९ करोड ४१ लाख २५ हजार

प्रकाशित मिति:

कपिलवस्तु नगरपालिकाको पाँचौ नगर सभाले आगामी आर्थिक बर्ष २०७६÷७७ का लागि ८९ करोड ४१ लाख २५ हजार रुपैया बजेट पास गरेको छ । तौलिहवामा सम्पन्न परिषदमा पुजीगत खर्च तर्फ ४० करोड ५० लाख ७० हजार र चालु खर्च तर्फ ४८ करोड ५० लाख ५५ हजारको बजेट पारित गरेको छ । सभामा प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले आगमी बर्षको बजेट प्रस्तुत गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत आचार्यले बजेटमा पुर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, महिला बिकास, सामाजिक समावेशीकरणका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । सभाले आर्थिक बिधेयक २०७६, बिनीयोजन बिधेयक २०७६, कर तथा गैर कर राजश्व सम्बन्धि बिधेयक २०७६ र कपिलवस्तु नगरपालिकाको सार्वजनिक खरिद नियमावली २०७६ सर्व सम्मत पास गरेको छ । सम्पन्न नगर सभामा वडा नम्बर १२ का वडा अध्यक्ष ओम प्रकाश पाण्डेयको प्रस्तावमा पिपरहा मर्यादपुर सडकलाई पुर्व निर्माण यातायात तथा सञ्चारमन्त्री तथा तत्कालिन राज्यसभा स्थाई समितीका सदस्य चन्द्रभुषण पाण्डेयको नाममा चन्द्रभुषण मार्ग राख्ने र वडा नम्बर ८ का अध्यक्ष शिव कुमार पाण्डेयको प्रस्तावमा न्यायिक समितीको रिक्त सदस्य पदमा वडा नम्बर ८ का अध्यक्ष धर्मात्मामणी त्रिपाठीलाई चयन गर्ने सर्वसम्मत निर्णय गरिएको छ । कार्यक्रममा नगर प्रमुख किरण सिंह र प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले जिल्ला र नगरको बिकासमा योगदान गरेका सञ्चारकर्मी मनोज कुमार श्रीवास्तव र भुपाल थापालाई जनही नगद १० हजार दिई दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । सञ्चारकर्मी श्रीवास्तव न्युज २४ को जिल्ला संबाददाता हुन भने अर्का सञ्चारकर्मी थापा रेडियो परिर्वतनका स्टेशन म्यानेजर हुन । सो अवसरमा बोल्दै नगर प्रमुख किरण सिंहले समृद्ध नगर बनाउने परिकल्पनालाई सहयोग पुर्याउन नागरिकको मागमा आधारित बजेट बिनियोजन गरिएको बताए ।

सम्बन्धित् समाचार