गृहपृष्ठ प्रदेश नं ५ तुलसीपुरमा खुकुरी प्रहार गर्ने ६ जना पक्राउ

तुलसीपुरमा खुकुरी प्रहार गर्ने ६ जना पक्राउ

प्रकाशित मिति:

तुलसीपुर उपमहानगरपालिका वडा नं १२ का २०बर्षीय रामबहादुर ओलीलाई खुकुरी र तरवाल प्रहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १८ दुधरासका २२ बर्षीय शौरभ मल्ल, तुलसीपुर ६ का १९ बर्षीय शम्भु शर्मा, तुलसीपुर १२ का २४ बर्षीय तेजेश पुनमगर, तुलसीपुर ११ का २२ बर्षीय रमेश केसी,तुलसीपुर ११ का २० बर्षीय अमृत वली र तुलसीपुर १२ का २२ बर्षीय भरत शाही रहेका छन । मल्ल र शर्मालाई शनिवार नै प्रहरीले पक्राउ गरेको हो,भने अन्य चारजनालाई आईतबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।
शनिवार दिउँसो ३ बजे तिर तुलसीपुर उपमहानगरपालिका वडा ११ रजवारा चोक स्थित नास्ता पसलमा राम बहादुर वली सहित ३ जनाले नास्ता खाईरहेको अवस्थामा नं. प्लेट उल्टो बनाएर ३ वटा मोटरसाईकलमा आएका युवाहरुले खुकुरी र तरबार आक्रमण गरेका थिए ।
मोटरसाईकलमा दुई-दुईजना सवार भएर आएका उनीहरुले आक्रमन गरेको जिल्ला प्रहरी कार्र्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।

धारीलो हतियार खुकुरी तथा तरवार लिई आएका व्यक्तिहरुले वलीलाई आक्रमण गरी होटलको दक्षिण तर्फ भागेको थिए । खुकुरी प्रहार भएको खबर प्राप्त हुनासाथ प्रहरीले तुलसीपुर ११ स्थित मोतिपुरको नर्सरीमा नं. प्लेट भित्र पट्टी फर्काएर राखेको अवस्थामा रा ४ प १६० नं. को २०० सिसिको पल्सर मोटरसाईकल, रा ४ प २२३६ नं. को २२० सिसिको पल्सर मोटरसाईकल र रा ५ प ४७६ नं.को १५० सिसिको पल्सर मोटरसाईकल समेत फेला परेको थियो ।

साथै उक्त घटनाका मुख्य योजनाकार तुलसीपुर ११ बेल्टाकुरा निवासी २३ बर्षीय बिक्की सिंह ठकुरी भने फरार रहेको प्रहरीले बताएको छ ।

खोज तलास गर्दै जाँदा उक्त नर्सरीमा पश्चिम उत्तर किनारमा ति शंकास्पद अवस्थामा रहेका दुई व्यक्तिलाई खानतलासी गर्दा रा ५ प ४७६ नं. को सवारी धनी पुर्जी १ थान, मोटरसाईकलको १ थान र दुईवटा मोवाईल समेत वरामद गरीएको थियो । भने फरार रहेका अन्य चार जनालाई आईतबार दिउसो २ बजे दंगिशरण गाउँपालिका २ डागीचौर कलम खोलावाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपि बिनोद विक्रम शाहले बताए । उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरइएको डिएसपी शाहले जानकारी दिए ।

घाईते वली राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार पश्चात थप उपचारको लागी भारतको लखनउ लैजादै गर्दा शनिवार राती बाटोमै मृत्यु भएको छ ।

सम्बन्धित् समाचार