गृहपृष्ठ प्रदेश नं ५ रोटट्रयाक क्लब अफ कपिलवस्तु मिड टाउनको अध्यक्षमा कार्की

रोटट्रयाक क्लब अफ कपिलवस्तु मिड टाउनको अध्यक्षमा कार्की

प्रकाशित मिति:

कपिलवस्तु । रोटट्रयाक क्लब अफ कपिलवस्तु मिड टाउनको पदहस्तन्त्रण कार्यक्रम सम्पन्न भएको छ । रोटट्रयाक क्लब अफ कपिलवस्तु मिड टाउन बर्ष २०१८,२०१९ का अध्यक्ष माधव पौडेलले बर्ष २०१९, २०२० का अध्यक्ष गणेश कार्की लाई पद हस्तान्तरण गर्नु भएको हो । कपिलवस्तुको जितपुरमा रहेको पिस हिमालयन रिसोर्टको सभाहलमा शुक्रवार कार्की लाई पद हस्तान्तरण गरिएको हो ।

क्लबको प्रेसिडेन्ट इलेक्टमा सिए शैलेन्द्र घिमिरे ,नोमिनी प्रेसिडेन्टमा उद्धव पौडेल, भाइस प्रेसिडेन्ट फस्ट बेदुराम पोख्रेल ,भाइस प्रेसिडेन्ट सेकेण्डमा समिर शायर, भाइस प्रेसिडेन्ट तृतीयमा राजु जंग कुँवर,सेक्रेटरीमा अर्जुन प्रसाद बेल्वासे,
ज्वाइन्ट सेक्रेटरीमा किशोर पौडेल, ट्रेजरमा शुशान्त पाख्रेल, ज्वाइन्ट ट्रेजरमा सुदिप घिमिरे, क्लव सर्भिस डाइरेक्टरमा गौरव पौडेल, किमीटी सर्भिस डाइरेक्टर हुमानाथ पौडेल, युथ सर्भिस डाइरेक्टरमा रोशन बंजाडे, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा प्रकाश गौतम, एस ए राजन पोख्रेल, एस ए सेकेण्डमा रोशन कार्की, एडिटरमा प्रकाश पाख्रेल, ज्वाइन्ट इडिटरमा कमल केसी, एडभाइनरमा लक्ष्मण केसी, महेश पौडेल र सदस्यहरुमा सविता थापा,सविना पौडेल, माया बंजाडे, महेश पौडेल, सौरभ पौडेल,बाबुराम न्यौपाने, निर्मल कुँवर सन्दिप भूषाल सदस्यहरुमा रहनु भएको छ ।

उहाँहरु सबैलाई क्लवका नव निर्वाचित अध्यक्ष गणेश क्षेत्रीले पद तथा गोपनयिताको सपथ खुवाउनु भएको थियो ।
सामाजिक क्षेत्रमा सक्रिय रूपमा आफ्नो उपस्तिथि जनाउँदै मानव सेवा हेतु विभिन्न कार्यक्रमहरू गर्दै आएको क्लबले आगामी बर्षहरूमा अझ सशक्त ढंगले सामाजिक कार्यलाइ अगाडी बढाउने अध्यक्ष गणेश कार्कीले बताउनु भयो ।

सम्बन्धित् समाचार