गृहपृष्ठ खबर गुल्मीका बाढिपिडितहरुका लागि रुपन्देहीको कञ्चनमा ७० क्विन्टल चामल र १ लाख नगद संकलन

गुल्मीका बाढिपिडितहरुका लागि रुपन्देहीको कञ्चनमा ७० क्विन्टल चामल र १ लाख नगद संकलन

प्रकाशित मिति:

गुल्मीको बाढिपिडितहरुका लागि रुपन्देहीमा राहत संकलन समिति गठन गरिएको छ । गुल्मीको सत्यवती गाँउपालिका वार्ड नं २ र ३ ठुलो लुम्पेक र वार्ड नं।४ को लिंघामा गत साउन ६ गते देखि आएको अबिरल बर्षाका कारण गएको पहिरोमा परि १३ जनाको ज्यान गएको र ठुलो लुम्पेकको सिंदी,बझाडी,ग्याझा,कसिन्थला,दांसिया,काहुले गस्कोट, झर्लेतुङ,खास्टुङ र लिम्घाको भिरकुना काफलडाडा लगायत स्थानमा बाढी पहिरोका कारण सयौ घरपरिवार बिस्थापित भए पछि बिस्थापित पिडितहरुको उद्दार र राहत जुटाउने कार्य कञ्चनमा पनि थालिएको हो ।

बिस्थापित घरपरिवारलाई धर्मपुर माविमा ३ सय जना, धर्मपुर प्रा।वि। मा १ सय जना, नेरा गगनपुर निमाविमा ४३ जना, नव विहानी गोरडाँडा १०७ जना, गस्कोटमा २ सय ५० जना, चेहेमीमा ३ जना, लिम्घामा ३०० जना,काफलडाँडामा ८५ जना, कुटडाँडा ४०० जना,अश्लेवामा राम मा।वि।मा ७० जना गरि १६५५ जनालाई अस्थाई आवास ब्यबस्थापन गरि उद्दार गरिएको लुम्पेक सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जित बहादुर तरामुले बताउनु भएको छ ।

राहत संकलन

पहिरोमा परी बिस्थापित घर परिवारहरु मध्ये लुम्पेकमा १२७० जना र लिम्घामा ३८५ जना बिस्थापित भएका छन। राहतको लागी रुपन्देहीको कञ्चन गाँउपालिकामा रहेको प्रगति मगर युवा क्लवले शुरु गरेको मानबिय कार्यमा कञ्चन आमा समूह, नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखा र लायन्स क्लब अफ कञ्चन हरैयाले पनि हातेमालो गरि राहत संकलन गरेको छ ।
बिभिन संस्थाहरुको अगुवाइमा शुरु गरिएको राहत संकलनमा अहिलेसम्म कञ्चन गाउपालिका वार्ड नं। १ र २ गजेडी दानापुरमा ३० क्विन्टल चामल र वार्ड नं। ३, ४ र ५ रुद्रपुरमा ४६ क्विन्टल चामल, १ सय किलो दाल, १ सय किलो प्याज, ४२ किलो नुन, १८ लिटर तेल र १ लाख ४६ हजार २ सय ५० रुपैया आर्थिक रकम संकलन भएको छ।
संकलित रकम मध्ये २३ हजार ५ सय बराबरको थप चामल तथा दाल तेल र नुन खरिद गरिएको प्रगति मगर युवा क्लबका दिल बहादुर थापाले जानकारी दिनु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट पनि राहत संकलन भएको स्थानिय ब्रिजेश गुप्ताले बताउनु भएको छ। उक्त संकलित राहतलाई कञ्चनको तर्फवाट एकद्वार प्रणालीको आधारमा राहत संकलनमा सहभागी संस्थाहरुका प्रतिनिधीहरु घटना स्थलमा गई स्थानिय जनप्रतिनिधी मार्फत हस्तान्तरण गर्ने कञ्चन गाँउपालिकाका पुर्ब जनप्रतिनिधी गिर बहादुर थापाले बताउनु भएको छ ।
यसैगरी गुल्मी जिल्ला घर भई हाल तराइका बिभिन्न जिल्लाहरुमा बसाई गर्दै आएका गुल्मेलीहरुको बुटवल बेलबासमा भएको भेलाबाट सत्यवती गाँउपालिकाको वार्ड नं २ , ३ र ४ का बाढिपिडितहरुको लागि बुटवल र भैरहवा लगायत तराइका विभिन्न स्थानहरुबाट संकलित राहतहरुलाई ब्यबस्थित गरि बाढी प्रभाबित क्षेत्रमा पठाउन गुल्मेली सम्पर्क समाजका सल्लाहकार होमबहादुर राहादीको संयोजकत्वमा १७ सदस्यिय राहत संकलन समिति गठन गरिएको छ।
जसको सदस्यमा धन बहादुर राहादी,बेन प्रसाद थापा, हिम बहादुर थापा, यम बहादुर थापा, गिर बहादुर थापा९रुद्रपुर०, बेन प्रसाद राहादी, कपिलबस्तु०, धनी श्रीस मुर्गिया, ईश्वरी तरामु सेमलार, केशरी राना भैरहवा, राम प्रसाद भट्टराई देवदह, गुणदेव कुवर बुटवल, निर बहादुर पुलामी सैनामैना , बिक्रम तरामु मणिग्राम , अमर सिंजापती सुनवल, नवलपरासी, हिरा तरामु तामनगर , र पिताम्बर पुनबेलबासबाट रहेका छन।

सो राहत संकलन समितिले तराईका विभिन्न स्थानहरुबाट संकलित भौतिक,आर्थिक,खाध्यान्न र जिन्सी सामग्रीहरुको बुटवल केन्द्रमा जम्मा गरि एकद्वार प्रणालीको माध्यमबाट प्रभावित क्षेत्रमा पठाउने कार्यको संयोजन गर्नेछ भने देश बिदेशमा रहेका सबै नेपालीहरुबाट सक्दो आर्थिक तथा भौतिक सामग्रीहरु राहत स्वरुप उपलब्ध गराउन आव्हान गरेको छ।
होम बहादुर राहादीको अध्यक्षतामा बसेको भेलामा ईश्वरी तरामु, यम बहादुर थापा, लुम्पेकी संजालका संयोजक बेन प्रसाद थापा, जित बहादुर राहादी, गुण देव कुवर,टेक बहादुर राहादी र धर्मपुर माध्यमिक बिधालय,सत्यवती९३ का भुतपुर्ब प्रधानाध्यापक लोक बहादुर राना लगायतले बाढी प्रभावित क्षेत्रको बस्तुस्थितिका बारेमा बताउदै बिपदको समयमा मानबिय सेवामा लागि पिडितहरुलाई राहत दिएर उद्धार गर्न आव्हान गरेका थिए भने पिताम्बर पुनले भेलाको संयोजन गर्नु भएको थियो।

सम्बन्धित् समाचार