गृहपृष्ठ Featured बाणगंगाको वडा न . ८ मा बालमैत्री स्थानिय शासनकाको अवस्था मापन तथा योजना निर्माण सुरु

बाणगंगाको वडा न . ८ मा बालमैत्री स्थानिय शासनकाको अवस्था मापन तथा योजना निर्माण सुरु

प्रकाशित मिति:

नेपालको संविधान भाग ३ अनुसार मौलिकहक धारा ३९ को उपधारा १० अनुसार बाल अधिकार संवन्धि व्यवस्था गरिएको छ । सरकारले बालबालिका मैत्री बनाउनका लागि ३९ वटा सुचक तोकेको छ । त्यसकारण स्थानिय तह बालमैत्री हुनु आबस्यक छ त्यसैले बाणगंगा नगरपालिका वडा न . ८ मा बालमैत्री स्थानिय शासनका सुचकहरुको अवस्था मापन तथा बाल बालिकाहरुका लागि योजना निर्माण कार्यक्रम जलेश्वर धामको कार्यलयमा आज देखि सुरुगरिएको छ ।

बाणगंगा वडा न . ८ मा बालमैत्री स्थानिय शासनका सुचकहरुको अवस्था मापन

बाणगंगा नगरपालिका वडा न. ८ वोडगाँउको आयोजनामा तिन दिनको लागी वडामा यो कार्यक्रामको आयोजना गरिएको हो । कार्यक्रमा बोल्दै अध्यक्ष गुणनिधि भुसालले बालबालिकाहरु लाई हौसला प्रदान गर्दै वडालाई नगरमौ पहिलो बालमैत्री वडा बनाउनका लागि वडा न. ८ वोडगाँउको बिशेष पहलमा यो कार्यक्रमको सुरुवात भएको र वडाभित्र भएका १७ वटा बाल संगठन हरुलाई ससक्त ढगंले अगाडि बढाउने उद्देश्यका साथ योजना बद्द तरिकाले बालबालिका हरुलाई अगाडि बढ्नका निम्ती आग्रह गर्नु भयो ।

वडाका बिध्यालय वडामा हुने सभा सम्मेलन कुनै पनि कार्यक्रमहरुमा अनिवार्य सहभागि गराउने कामको पनि थालनि भैसकेको र बालबालिकाको भावना लाई बुझेर वडा न. ८ ले यो आवाधिक योजना निमार्णको सुरु गरेको वडा अध्यक्ष भुसालले बताउनु भयो । कार्यक्रममा वडाका सम्पुर्ण सरोकारवाला हरुको उपस्थिती रहेको थियो उक्त कार्यक्रमको प्रशिक्षकमा बिष्णु चौबेले गर्नु भएको छ ।

सम्बन्धित् समाचार