मेघा वैंकमा कर्मचारी बचत खाता खोल्दा ७ लाख रुपैयाँ सम्मको दुर्घटना लाभ सुविधा प्राप्तहुने भए पछि सेवाग्राहीहरु लाभान्वित भएका छन् । मेघा वैंकमा कुनै पनि कार्यालयले कर्मचारीहरुको लागि कर्मचारी बचत खाता खोल्दा ७लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुविधा प्रदानगर्दै आएको शाखाप्रवन्धक सरोज भण्डारीले जानकारी दिए । विं २०७५ फागुन ११मा हत्या गरिएकी वाणगंगा ४ ठकुरापुर निवासीअनिता पौडेलको त्यस वैंकमा होराइजन माविले कर्मचारी वचत खाता खोलेकोले दुर्घटना मृत्यु लाभ वापतको रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवन्धक भण्डारीले सो कुरा बताएका हुन्् ।

६३ हजार ९ सय ७४ रुपैयाँ रकम बुझेपछि अनिताका बुवा प्रेमनाथ भुषालले नानीबाबुहरुको पालनपोषण र शिक्षा दिक्षामा सो रकम खर्चिने बताउँदैै मेघा बैंक प्रति धन्यवाद व्यक्त गरे । यस्तै सोहि कार्यक्रमलाई सम्बोधन गर्दै होराइजन माविका प्राचार्य बासुदेव घिमिरेले कर्मचारीहरुले आफ्नो खातामेघा वैंकमा सञ्चालन गरेकोले राहत स्वरुप रकम प्राप्त भएकोमा बैंकका प्रवन्धक सहित सबैलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रम मेघा वैंकका प्रवन्धक सरोज भण्डारीको अध्यक्षता, होराइजन माविका प्रधानध्यापक बासुदेव घिमिरेको विशिष्ट आतिथ्यता, विद्यालयका उपाध्यक्ष हिमलाल पौडेल, अनिताका बाबु प्रेमनाथ भुषाल, पत्रकारद्धय प्रकाश क्षेत्री र ओम प्रकाशपौडेल लगायतको अतिथ्यता वैंक सञ्चालक प्रबन्धक सूर्य प्रसाद पाण्डे, प्रसु गैरे लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।