गृहपृष्ठ खबर मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्‍यो, मेघगर्जनसहित पानी पर्ने सम्भावना

मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्‍यो, मेघगर्जनसहित पानी पर्ने सम्भावना

मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले अब केही दिन मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको तीनदिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्युनचापीय रेखा औसतको ठाउँभन्दा केही उत्तरतर्फ (नेपालतर्फ) सरेकाले अबको तीन दिन पानी पर्ने सम्भावना भएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

मनसुनी न्यूनचापीय रेखा

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद बासीले जानकारी दिनुभयो । साथै पूर्व र पश्चिमका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।

सोमबार राति पनि देशभर सामान्य बदली रहने र देशको पश्चिमी, मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, मंगलबार र बुधबार पनि देशका धेरैजसो ठाउँमा बदली हुने र केही ठाउँमा भारी वर्षा हुने महाशाको पूर्वानुमान रहेको छ । देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित् समाचार