गृहपृष्ठ Featured  चितवनको कुुरिनटारमा तीज मेला हुने

 चितवनको कुुरिनटारमा तीज मेला हुने

प्रकाशित मिति:

चितवनको इच्छाकामना ४ कुरिनटारमा तीज मेला हुने भएको छ । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर इच्छाकामना एफएम १०२ं.४ आयोजनामा भदौ १३ देखि २२ गते सम्म कुरिनटारमा तीज मेला २०७६ हुने भएको हो ।
मेला आयोजनाका लागि दारेचोक संचार सहकारी संस्था लि. द्वारा  संचालित सामुदायिक रेडियो, इच्छाकामना एफएम १०२ं.४ मेगाहर्जका अध्यक्ष प्रताप गुरुङको संयोजक्त्वमा १०१ जना मुल आयोजक समिति गठन गरिएको छ ।

सह–संयोजकहरुमा बुद्धि प्रसाद सिलवाल, रुद्र उप्रेती र अप्सरा पौडेल र सदस्य सचिवमा दान बहादुर गुरुङलाई चयन गरिएको छ ।
साथै शिवहरि सिलवालको संयोजक्त्वमा पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । वडा न ४ का वडाअध्यक्ष होम बहादुर राना संरक्षक रहने यस तीज मेलामा वडा न ४ भित्र रहेका विभिन्न संस्कृतिक पर्यटकीय स्थलको अवलोकन तथा विभिन्न उत्पादनका सामाग्रीहरु पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ । मेलामा तीज गीत प्रतियोगिता, कुरिनटार डान्स आईडल, चुड्का प्रतियोगिता लगायत विभिन्न खेल प्रतियोगता र विभिन्न जातजातीका झाँकीहरु प्रश्तुत गर्ने आयोजकले जनाएको छ ।
मेलाको सह–आयोजकमा उद्यमशिल महिला जागरण केन्द्र इच्छाकामना रहेको छ ।

सम्बन्धित् समाचार