गृहपृष्ठ प्रदेश नं ५ शान्ति सुरक्षा र सद्भाव कायम गर्न राष्ट्रीय मदरसा संघले गर्यो अन्तरक्रिया

शान्ति सुरक्षा र सद्भाव कायम गर्न राष्ट्रीय मदरसा संघले गर्यो अन्तरक्रिया

प्रकाशित मिति:

अजय मिश्र / कृष्नानगर कपिलवस्तु साउन २३

मुस्लिम धर्मावलम्बी हरुको महान चाड बकर ईद यही साउन २७ गते र हिन्दू धर्मावलम्बी हरुको महान पर्व ‘रक्षाबन्धन ‘जनैपूर्णिमा साउन ३० गते रहेकोले कपिलवस्तुको कृष्णनगरमा शान्ति सुरक्षा सद्भाव कायम राख्न र आ -आफ्नो चाडपर्व हर्ष पुर्ण शान्ति पुर्ण ढंगले मनाउने बिषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरिएको छ कृष्णनगरमा रहेको राष्ट्रीय मदरसा पुस्तकालय को सभा हलमा राष्ट्रीय मदरसा संघ नेपाल को आयोजना मा कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा एक हप्ता अगाडी सरुवा भइ आउनु भएका सशस्त्र प्रहरी बल.कृष्णनगर का उपरिक्षक सुशील शाही र ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरीक्षक प्रताप पौडेल तथा कृष्णनगर क्षेत्रको शान्ती सुरक्षा निगरानी गर्दै आउनु भएका सशस्त्र प्रहरी बल का प्रहरी निरीक्षक जोगेन्द्र के. सी लाई राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की र प्रवक्ता मौलाना जहीर अहमद बरेलवी ले सम्मान गर्नु भएको थियो ।

कृष्णनगर नगरपालिका को वडा नं.२ का अध्यक्ष संजय गुप्ता र वडा नं.३ का वडा अध्यक्ष सगीर अहमद खां ले आ -आफ्नो वडाहरुमा शान्ती सुरक्षा चुस्त दुरुस्त राख्न कुनै कसर बाकी नराख्ने बताउनु भयो ।

सम्बन्धित् समाचार