गृहपृष्ठ प्रदेश नं ५ अवैध मोटर पार्टस बरामद

अवैध मोटर पार्टस बरामद

प्रकाशित मिति:

अवैध मोटर पार्टस बरामद
कपिलवस्तु,कृष्णनगर/साउन २५

ईलाका प्रहरी कार्यालय कृष्णनगरले ठूलो मात्रा मा अवैध मोटर पार्टस बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्रहरी निरीक्षक प्रताप पौडेलको कमान्डमा खटिएको सादा पोशाक लगाएको टोलीले मिती ०७६/०४/२४ गते बिहान १०:०० बजेको समयमा कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.१ डबर गाउ नजिक को खेतमा परालमा लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा जम्मा रु.२,१०,०००-/(दुइ लाख दश हजार )बराबर को अवैध मोटरपार्टस हरु फेला पारेको छ ।

उक्त मालसामानहरू  लाई भन्सार कार्यालय कृष्णनगरमा बुझाई यस्ता गतिबिधी हरुमा संलग्न हुने गिरोह को बारेमा छानबिन गरि रहेको प्रहरी निरीक्षक पौडेल ले बताएका छन्।

फेला परेको मोटरपार्टसहरु को विवरण
जिपको क्राउनसेट थान ३,जिपको ठूलो सकर थान १२,जिपको सानो सकर थान ८,प्रेसर प्लेट थान ७,गियर लिभर टप थान २,स्टेरिंङ बाक्स थान २,खचुवा माउनिङ थान ३,कन्सेन्टीफ सेलेप सिलिन्डर थान १०,सापट क्रस होल्डर सानो थान १२,क्रस होल्डर ठूलो थान १३,आयल सिल ठूलो थान ७,आयल सिल सानो मझौला गरी थान ८ रहेको स्राेतले जनाएकाे छ।

सम्बन्धित् समाचार