गृहपृष्ठ खबर “एन आर एन ए एनसिसि कतारको सदस्यमा कपिलवस्तुका केशव खनालको उम्मेदवारी,

“एन आर एन ए एनसिसि कतारको सदस्यमा कपिलवस्तुका केशव खनालको उम्मेदवारी,

प्रकाशित मिति:

हार्दिक अपिल आदणिय कतारबासि दाजुभाई, दिदिबहिनी, समाजसेवी, सामाजिक अभियन्ता, पत्रकार मित्रहरु गैर आवासिय नेपाली संघ राष्टिय समन्वय परिषद कतारका अग्रज तथा परिषद सदस्यज्युहरुमा नमस्कार। बिगत लामो समयदेखी कतारमा रोजगारीको रुपमा रहदै विभिन्न बर्ग जात समुदाय र क्षेत्रीय अस्तित्व एबम पहिचानलाई र यथाअबस्थालाई सम्मान गर्दै आफ्नो तह र तप्काबाट कतार तथा स्वदेशमा विभिन्न सामाजिक कार्यमा सक्रियता देखाउदै सामाजिकत्वको भाव र सम्मानलाई आत्मसाथ गरि युबा सोच र सामर्थ्यका साथ समाज र समुदायकोलागि गहन जिम्मेवारीत्वको बोध गर्दै सरोकारवाला निकायभित्र रहि कार्य सम्पादन गर्न र यसका काम कार्यबाही श्रमिकमुखी बनाउन एबम श्रमिक सेवात्मकताकालागी निरन्तर दबाब सृजना गर्दै कार्य पारदर्शिताको उद्देष्य अनुरुप “गैर आवासिय नेपाली संघ राष्टिय समन्वय परिषद कतार” को २०१९-२०२१ कार्यकालकालागि खुल्ला सदस्यको रुपमा उम्मेदवारी दिएको सबैमा जानकारी गराउछु। यसका अतिरिक्त:- – बुद्धभुमी कपिलवस्तु सेवा समाज, कतार – प्रदेश नम्बर पाच समन्वय परिषद, कतार – नेपाल कला परिषद, शाखा कतार – गौतमबुद्ध रिण तथा बचत सहकारी संस्था उल्लेखित संस्थाहरुमा आवद्ध रहि एबम स्वदेशमा पनि अन्य सामाजिक संघ संस्थाहरुसङ्गको समन्वय र कार्यसम्पादनका अनुभवहरुलाई उपयोग गर्दै थप श्रमिकमुखी एबम उपलब्धिमूलक बनाउने र गैर आवासिय नेपालि संघको सिद्धान्तत : यसका साझा उद्देश्यहरुलाई अबलम्बन गर्दै प्रवासमा रहनुभएका आम नेपाली समुदायबिच भाईचारा आपसी सहयोग, सहिष्णुता एबम सदभावको भावनालाई थप मजबुत बनाउन र श्रमिकका हक हित एबम सेवात्मक कार्य गर्न गराउन यसका राष्ट्रिय आङ्गिक निकायहरुमा थप जिम्मेवारी र दायित्वकासाथ NRNA NCC, QATAR को २०१९-२०२१ कार्यकालकालागी मैले दिएको उम्मेदवारीलाई सफल पार्न र सेवात्मक सुनिश्चितताकालागी सबैमा सहयोगकोलागी हार्दिक अपिल गर्दछु। मेरो उम्मेदवारी किन र केकालागी? १. नेपालदेखिको सामाजिक भावनालाई प्रबासमा पनि समर्पित गराउदै जादा देखेको र भोगेको नेपाली समुदाय र सामाजिक संस्थाहरुको दुरि, मानसपटलमा अबस्थित अबिश्वासनियतालाई चिर्न र आम प्रबासी श्रमिकको प्रभावकारी सहभागिताकालागी NRNA, NCC र श्रमिक बिचको दुरि कम गरि आम श्रमिक NRNA NCC कतारमा आधारित हुन सक्ने नीति तथा कार्यक्रमकालागी सदैव नेतृत्वलाई मेरो आवाज बुलन्द गराउन। २. बोलेर भन्दा गरेर देखाउनुपर्छ भन्ने मान्यतामा सधै अडिग रहेको छु। NRNA, NCC कतारलाई बलियो बनाए मात्र सबै आम नेपाली श्रमिकबिच पुग्न सकिन्छ भन्ने लक्ष्यकासाथ कतारमा रहेका सम्पुर्ण नेपाली संघ संस्थाहरुसङ्ग सहकार्य, समन्वय एबम अभिमुखिकरण सङ्गै “नेपाली सामुदायिक सहयोग कक्ष” स्थापना गर्न गराउन र सोही किसिमको उद्धार समूह (रेस्क्यु टिम) स्थापना गर्दै श्रमिक र सरोकारवालाहरुबिचको मध्यमार्गी सेतु बन्न सधै नेतृत्व तहलाई झकझक्याउन। ३. दोहामा स्थापित सम्पुर्ण नेपाली संघ संस्थाहरु NRNA, NCC कतारप्रती बिमुख भैरहदा, NRNA NCC कतार हामी आम सबैको अभिभावकत्व संस्था रहेको प्रत्याभुती दिन र दिलाउन सामाजिक समन्वयकारी नीति थप प्रभावकारी रुपले ल्याउनकालागी नेतृत्वतहमा मेरो आवाज सदैव उठनेछ। ४. NCC कतारले श्रमिकमुखी काममा निरन्तरता दिदै गर्दापनी यसको प्रभावकारिता परिणाममुखी नदेखिनु आर्थिक नीति पनि मुख्य हो। यसर्थ संस्थाको कोष परिचालन र बिकास एबम लगानिकालागी क्षेत्र पहिचान गरि NCC कतारको आफ्नै नीति तथा कार्यक्रम बनाउन पहल गर्ने र गराउने छु। NCC कतार, कोष बिस्तार र सचेतना एबम श्रमिक अभिमुखिकरणताकालागी दोहामा रहेका संघ संस्थाहरुसङ्ग समन्वय गर्न गराउन तर पुर्ण आश्रीत नबन्न र नबनाउनकालागी नेतृत्वसङ्ग डटेर कुरा राख्नेछु। स्मरण छ, यी बिषय हिजोका दिनमा पनि पार्षद भेला वा सामाजिक सन्जालहरुबाट पनि उठाउदै आएको थिए।

सम्बन्धित् समाचार