गृहपृष्ठ खबर छोराको जन्मदिनको अवसर पारेर गिरिले गरे मानव सेवा आश्रमलाई सहयोग

छोराको जन्मदिनको अवसर पारेर गिरिले गरे मानव सेवा आश्रमलाई सहयोग

समाजसेवी तिलक गिरीले परिवार सहित आफ्नो छोरा दिव्यसन गिरीको जन्मदिन मानव सेवा आश्रम बुटवलमा रहेका अनाथहरु संग मनाएका छन ।

कपिलवस्तुको बाणगंगा ७ बनगाई घर भएका गिरीले होटल तथा रेस्टुरेन्टमा गएर गरिने खर्च र समय अनाथ तथा सडक मानिसहरु सङ आर्थीक सहयोग गरि मनाएका छन । उनले दिन दुखी हरुलाई सहयोग होस भन्ने उदेश्यले आफुले छोराको जन्मदिन आश्रममा मनाएको बताए ।

आश्रमका कर्मचारिहरुले यो परम्पराले आश्रम संचालनमा सहयोग पुगेको बताए । गिरीले छोराको दोस्रो वसन्त पार गरि तेस्रो वसन्तको अवसरमा १२ हजार २ सय रुपैया हस्तान्तरण गरेका थिए । मानव आश्रम सडकमा रहेका ब्यक्तिहरुलाई मानविय ब्यवहार गर्ने उदेश्यले स्थापना भएको संस्था हो ।

हाल आश्रममा करिब ५० जना आश्रति रहेका छन । कार्यक्रममा आश्रममा बस्ने सबै ब्यक्ती तथा गिरीका आफन्तजनको सहभागिता रहेको थियो ।

हरि घिमिरे ,साउन २८

सम्बन्धित् समाचार