गृहपृष्ठ खबर पत्थरकोटको अस्तब्यस्त हाटबजारमा स्थानियतहको नजर अझै पुग्न सकेन

पत्थरकोटको अस्तब्यस्त हाटबजारमा स्थानियतहको नजर अझै पुग्न सकेन

प्रकाशित मिति:

पार्बती आचार्य

कपिलबस्तु भदौ १

बुद्धभुमि नगरपालिका वडा नं. १ पत्थरकोटमा लाग्ने शनिबारे खुल्ला हाटबजारको ब्यबस्थापन नगर्दा समस्या बढ्दै गएको स्थानियहरुले गुनासो गरेका छन् । अस्तब्यस्त रुपमा संचालन गरिएको हाटबजारमा धेरै ब्यापारीहरुले समस्याहरु खेपिरहेको देखिन्छ , चर्कोघाम र बर्षात त्यसै माथि अकस्मात आउने आँधिहुरीले गर्दा ब्यापारीहरुले समस्या थेग्न बाध्य भएका छन् । पहिला सिमित मात्रामा लाग्ने हाटबजार समय अनुसार बढ्दै गएको देखिन्छ । त्यस स्थानमा नत खानेपानीको ब्यबस्था छ नत सौचालय नै यस पत्थरकोटको खुल्ला हाटबजारमा स्थानियतहको नजर अझै सम्म नपुगेको स्थानियहरु बताउँछन् । हाटबजार लाग्नु भनेको अन्यदिनको तुलनामा बजारभाउमा केहि फरक हुनु पर्ने हो सदाबहार एउटै दर हुन्छ यहाँ दर निर्धारण गरिएको छैन् बजारमा २ पैसा भएपनि केहि सहुलियत होला भनेरनै बजार धाउने हो तर कहिल्यै बजार मुल्य तोकिएको पाईएको छैन् अर्घाखाँचीको ढुंगेसेरा , खुम्चीकोट, दमारे र हाटबजार वरिपरिका स्थानिय बासिन्दाहरु लगायतका सेवाग्राहिहरुले गुनासो गरे ।

यस खुल्ला हाटबजार का ब्यापारीहरुसँग बाट उठाएको रकम कति संकलन भएको छ ? र बर्षौदेखिको रकम कुन कुन ठाउँमा नगानी गरिएको छ ? खोजीगर्न नगरपालिका नै लागिपर्नुपर्ने देखिन्छ । यस हाटबजारलाई उचित ठाउँ खोजेर ब्यबस्थापन गर्ने जिम्मेवारी संबन्धित नगरपालिकाको भएको हुँदा छिटो भन्दा छिटो ब्यबस्थापन गर्न र आज सम्मको रकमको खोजिगर्न समेत आग्रह गरेका छन् । स्थानिय बुद्घिजिबीहरुले भने हाटबजार स्थानियतहले उचित स्थानको तय गरेर जहाँ संचालन गरेपनि पत्थरकोटमा संचालित गंगा ज्योति माध्यमिक बिद्यालयलाई सहयोग हनुपर्छ भन्ने उद्देश्य रहेको बताएका छन् ।

त्यस्तै खुल्ला हाटबजार ब्यबस्थापनका अध्यक्ष दधिराम घिमिरेले २०६९ सालदेखि बजारको जिम्मेवारी लिएको बताएका छन् । पहिलादेखिनै यसै स्थानमा बजार लाग्दै आएको हुँदा नगरपालिकाले उचित ठाउँको ब्यबस्थापन नगर्दा सम्मका लागि बजार यसै स्थानमा रहने बताए । ब्यापारीहरुलाई चर्कोघाम लाग्दा पोल्नु, पानी पर्दा भिजाउनु र एक्कासि आँधिहुरी आउँदा सामानहरु सम्हाल्न गाह्रो भएको छ । ७० देखि ७५ वटा ब्यापाहरुले नियमित ब्यापार लगाउँछन् चाडपर्बका बेला ब्यापारीहरु बढ्ने गर्दछन् , प्रत्यक ब्यापारीहरुबाट रु.२० रुपैंयाका दरले उठाउने गरिएको छ उक्त रकमबाट रु.३ सय ५० रुपैंया बजार सफागर्ने लाई दिने गरिएको खुल्ला बजार ब्यबस्थापनका अध्यक्ष घिमिरेले बताए । उनले हाल सम्म बाँकि बचेको रकम पत्थरकोटकै अम्मर दिप सहकारी संस्थामा रु.३० हजार श्रपैंया जम्मा गरिएको छ अन्त कतै लगानि नगरिएको बताए ।

यसमा वडा अध्यक्ष र नगरपालिकाले उचित ठाउँको तयगरिदिए उपयुक्त हुने घिमिरेको भनाई छ । पत्थरकोटमानै कृषि हाटबजार निर्माणाधिन अबस्थामा छ तर त्यतिबेला हामिहरुलाई केहि खबर नगरी अनुदान मागगरि भवन निर्माण भयो त्यसमा साामुदायिक बन र केहि स्थानियहरुको पनि सहयोग छ भन्नेत थाहा पायौं चित्तनबुझेपछि बुटवल पुनराबेदन अदालतमा मुद्दा दर्ता गराईयो । घिमिरेले भने बिद्यालयको प्राङ्गणमा त खेल मैदान निर्माण गर्ने, कक्षाकोठाहरु बृढिगर्नका लागि भवनहरुको निर्माण गर्नुपर्ने हो त्यसकारण त्यस स्थानमा हाटबजार उपयुक्त छैन भन्ने गुनासो सहित बिरोधको दाबी गरेका छन् । अदालतको फैसलाले पनि उचित स्थानको खोजीगरि बजार ब्यबस्थापन गर्न स्थानियतहलाई आदेश दिएको छ । अब स्थानियतह वडा र नगरपालिकाले पूर्ण रुपमा ब्यबस्थापन गरिदिने छ भन्ने बिश्वास रहेको बताए ।

खुल्ला बजार ब्यबस्थापनका सल्लाहकार राम प्रसाद उपाध्यायले हाटबजार लाग्न २०४८ ,२०४९ सालदेखि शुरुवात गरिएको भएपनि करिब शुरुगरिएको एक दशक पछाडि देखि केहि ब्यबस्थित गरौं भनेर २०५९ सालमा केहि फरक तरिकाबाट संचालन गर्नका लागि अम्मर दिप सहकारी संस्थाद्वारा पत्थरकोटका बिभिन्न स्थानहरुमा बजार संचालन गर्दै आयौं त्यस समयमा उपाध्यायले आफूले बजार ब्यबस्थापनको अध्यक्षताको जिम्मेवारी लिएको बताए । यहाँ धेरै स्थानिय ब्यापारीहरु भएको हुँदा त्यतिबेला पनि यसै स्थानमा संचालनगर्ने सोंच भयो र अहिले सम्म मुद्दामामिला भएपनि यथा स्थानमै बजार संचालनमा छ । देख्दा खुल्ला बाटोमा बजार लागेको देखिए पनि यो बाटो नक्शामा नभएको दाबी गरेका छन् , बाटो नक्शामा नभएकै कारण मुद्दाजित्न सफल भएको समेत उनले बताए । यसठाउँलाई ब्यबस्थित गर्ने हो आम्दानीको श्रोत पनि बढाईने बताईएको छ ।

स्थानिय दिलिप बेल्बासेले आफ्नो घरको अगाडि हाटबजार लाग्दा अप्ठ्यारो भएको बताएका छन् । हाटबजार घरको अगाडि भन्दा एकान्ततिर भैदिए उपयुक्त हुने थियो । त्यतिबेला केहि यताका ब्यक्ति तलतिर गएर भड्काउने केहि तलका ब्यक्ति यतामाथितिर आएर भड्काउने गर्दा सामान्य द्वन्दहुन गई मुद्दामामिला भयो सरसर्तीफैसला हेर्दा दुबै पक्षले मुद्दाजितन नसफलभएको देखिन्छ । अलपत्र हाटबजारले ब्यापारीहरु समस्यमाा परेका छन् हप्ताको एक दिन शनिबार लाग्ने बजारमा ७० देखि ८० सम्म ब्यापारीहरुले ब्यापार लगाउँछन् , चाडपर्बका बेलामा यस भन्दा बढ्दो देखिने हुँदा बजारलाई ब्यबस्थापन गर्न जरुरी भएको बेल्बासेले बताए । यहाँ जिल्लाका बिभिन्न स्थानहरु शिवराज नगरपालिका , महाराज नगरपालिका , यसै बुद्घभुमि नगरपालिका र रुपन्देही जिल्ला बाट बिभिन्न आइटमको बजार लगाईन्छ । हचुका भरमा समिति बनाएर ब्यापारी संग रकम उठाईएको छ कुनै संग ३० रुपैंया त कुनै संग ३५ रुपैंयाका दरले उठाउने गरेका छौं भन्नु हुन्छ , बचत रकम सस्थामा छ भन्ने मात्र सुनेको स्थानिय बेल्बासेले बताए ।

बुद्घभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले पहिलादेखिनै बिबादमा आएको पत्थरकोट खुल्ला हाटबजारलाई ब्यबस्थित गर्नका लागि सम्बन्धित वडा नं. १ का वडा सदस्य र वडा अध्यक्षलाई जिम्मा दिईएको छ । स्थानिय भएको कारण बैठक बसाल्न र छलफल गराउन सहज होस भनेर राम प्रसाद बेल्बासेलाई बढि जिम्मेवारी दिएको बताएका छन् । बुटवल पुनरावेदन अदालतले फैसला गर्दा स्थानियतहलाई जिम्मा लगाईदिएको छ , अब वडाले समाधान गर्न नसके नगरपालिकाले समन्वय गरेर हाटबजार ब्यबस्थापन गराईने प्रमुख श्रेष्ठले बताए । उनले बजारदेखि संकलन गरिएको रकमको पारदर्शिताका बारेमा समेत बिषेश ध्यान दिने बताएका छन् ।

कार्यबाहक वडा अध्यक्ष राम प्रसाद बेल्बासेले यस बजार ब्यबस्थापनका बिषयमा पहल गरिएको बताएका छन् । अब छिट्टै उपयुक्त स्थानको सहमति गरेर अस्तब्यस्तमा रहेको बजार ब्ययबस्थापनलाई टुंगो लगाईने छ । साउन ३१ गते बसेको बैठकले अर्को बैठक यहि भाद्र ७ गतेलाई बस्ने निर्णय गरेको छ । अब दुबै पक्षबिच सहमति गरेर बिबाद रहित बजार ब्यबसथापन संचालन गरि बजार देखि उठेको रकम पत्थरकोट गंगा ज्योति माबि लाई सहयोग गर्नुपर्छ भन्ने स्थानियतह को प्रतिबद्घता छ कार्यबाहक अध्यक्ष बेल्बासेले भने ।

खुल्ला हाटबजारमा आउने धेरै ब्यापारीहरुले ब्यबस्थित बजार नहुँदा सास्ति खेप्न बाध्य भएको गुनासो ब्यक्त गरेका छन् । घरमा सटर लिएर बजारलगाउने लाई खासै समस्या छैन हामी बजार लगाउनका लागि मात्र आउने ब्यापारीहरुलाई खानेपानी, सौचालयको ठूलो समस्या छ । घाम लाग्दा चर्को घाम, पानी पर्दा र एक्कासी आउने आँधिहुरीले सामानहरुको नोक्सान हुने हुँदा हाटबजार ब्यबस्थित हुन आबश्यक छ भन्ने दुखेसो पोखेका छन् ।

पत्थरकोट कृषि हाटबजार ब्यबस्थापन समितिका अध्यक्ष तारा बहादुर गुरुङले पत्थरकोटमा लाग्ने हाटबजार ब्यबस्थित हुनुपर्ने बताउदै उनले बर्षौ देखि खुल्ला हाटबजार संचालन गर्दै आएता पनि संकलन गरिएको रकम को पारदर्शिता नदेखिएको बताए ।

सम्बन्धित् समाचार