गृहपृष्ठ खबर स्मरण शक्ति बढाउन दृष्यात्मक स्वरुपमा अध्ययन अर्पण शर्मा ।।

स्मरण शक्ति बढाउन दृष्यात्मक स्वरुपमा अध्ययन अर्पण शर्मा ।।

प्रकाशित मिति:

राधा पाण्डे

कपिलवस्तु,भदौ १

अन्तराष्ट्रिय श्रम बजारसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षाको विकास जरुरी रहेको प्रदेश सांसद विष्णु पन्थीले बताउनुभएको छ । आज बैरीयामा पारिजात इङिलस बोडिङ स्कूल बनगाईको आयोजनामा संचालन भएको एक दिने स्मरणशक्ति सेमिनार तालिममा यस्तो बताउनुभएको हो । व्यावहारिक रुपको शिक्षाले अहिलेको युगमा प्रगतिले फट्को मार्ने तर्क गर्नुुभयो । उहाँले सामानको कुरा गर्दा संसारको बजारमा चिनीया सामान छ तर चीन आजसम्म पनि विश्व बजारको मुख्य हिमायती हुन सकेको छैन तर अमेरिकाले ज्ञान समेत बाँड्छ । सोही कारण आज पनि अमेरिकी अर्थ व्यवस्था प्रमुख भएकोले शिक्षित व्यक्तिहरुलाई विश्व बजारले खोजिरहेको बताउनुभयोे ।

यस्तै गरी वाणगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी अधिकारी पन्त, वडा नम्बर २ का विष्णुप्रसाद पौडेल, ७ का विष्णु गिरी, उद्योग वाणिज्य संघका अध्यक्ष उमनाथ पौडेल, गजेहडाका स्रोत व्यक्ति कविराज भण्डारी, वाणगंगा नगरपालिकाका प्याब्सनका अध्यक्ष राजु अधिकारी लगायतले वर्तमान समय विज्ञान र प्रविधिको समय भएकोले आजको युगलाई व्यावहारिक शिक्षा आवश्यक रहेको स्पष्ट पार्नुभयो । घोकन्ते विद्याले आवश्यकतालाई पूर्ती गर्न नसक्ने वक्ताहरुको तर्क थियो ।

विद्यालयका सह प्राचार्य भोजराज पोखरेल, लायन्स क्लव अफ कपिलवस्तुका कुमार खड्का, इलाका प्रहरी कार्यालय पिपराका आयुष जोशी, समाजसेवी डोलकराम घिमिरे, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुकबहादुर भुसाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वसन्तराज खनालको अध्यक्षता, प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख प्रशिक्षक मेमोरी किङ अर्पण शर्माले मानिसको स्मरण शक्ति बढाउने विभिन्न तरिकाहरुबारे प्रशिक्षण दिनुभएको थियो ।

सम्बन्धित् समाचार