हिलबर्ट ईङलिस बोर्डिङ स्कुल पिपराको १० औं साधरणसभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । ५ औं अधिवेशनबाट नयाँ सात सदस्यीय कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा दिपक खनाल सदस्यमा विष्णु प्रसाद खनाल, घनश्याम पाण्डे,शोभाकर पौडेल,घनश्याम भुसाल,वुद्धि पौडेल र मनोनित गरी नयाँ सात सदस्यीय कार्यसमिति सर्वसहमतिले चयन गरिएको हो । त्यस्तै अधिवेशनबाट लेखा समितिको संयोजकमा थानेश्वर घिमिरे सदस्यमा कोपिल ज्ञवाली र युगबहादुर के.सी.मनोनित हुनुभएको छ । विद्यालयका प्रमुख सल्लाहाकारका रुपमा डोरराज गैरेलाई सर्वसहमतिबाट चयन गरिएको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य कमल पौडेलद्धारा प्रस्तुत गरिएको शैक्षिक प्रतिवेदन सर्वसहमतिबाट पारित भएको थियो । त्यस्तै विद्यालयका प्रबन्ध निर्देशक वुद्धि पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई पनि सर्वसहमतिबाट पारित गरिएको थियो । कार्यक्रमको विशेष समयमा बोल्दै प्राचार्य पौडेलले विद्यालयले वर्तमान अवस्थामा आईपुग्न निकै संर्घष गरेको जसमा सम्पूर्ण विद्यालय परीवार, सम्बन्धित निकाय,समाजसेवी,बुद्धिजिवी एवम् अभिभावकको पूर्ण साथ रहिआएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
विद्यालयको सम्पुर्ण शैक्षिक गुणस्तरियतालाई अझ चुस्तदुरुस्त बनाउनका लागी आफु हर्दम कट्बिद्ध रहेको र नव गठित कार्यसमितिले विद्यालयको हकहितमा सधै तत्परताका साथ आफनो व्यत्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्ने कुरामा आफु पूर्ण विश्वस्त रहेको कार्यक्रमका अध्यक्ष तथा नयाँ कार्यसमितिको अध्यक्षमा समेत मनोनित हुनुभएका दिपक खनालले अध्यक्षयताको आसनलाई सम्बोधन गर्नुहुदैं यस्तो बताउनुभएको हो । सम्पन्न कार्यक्रममा यादव मरासिनीले स्वागत मन्तव्य, दिपक खनाल र विष्णु खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।