गृहपृष्ठ प्रदेश नं ५ सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा करिब छ लाख बराबरको अबैध सामान भन्सार चलान

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा करिब छ लाख बराबरको अबैध सामान भन्सार चलान

प्रकाशित मिति:

अजय मिश्र, कृष्णनगर कपिलवस्तु
भाद्र १
कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर बाट खटिएको टोलीले ५,९७,८२०-/ पाच लाख सन्तानब्बे हजार आठ सय बिस रूपैयाँ रकम बराबरको अबैध गाडी र सामान भन्सार चलान गरेको छ।

नयाँ गुल्मपती आए देखि नै सिमा नाका मा निगरानी बढाइएको छ। कृष्णनगर सशस्त्र गुल्म बाट खटिएको मोबाइल डियूटी टोलीले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर र कृष्णनगर नगरपालिका वडा नं २ ब्यारिएर चेकपोस्ट भन्ने स्थान देखि भारतबाट अबैध रुपमा ल्याउदै गरेको नम्बर प्लेट समेत न खुलेको टाटा सोमो कार लगायत कपडा र किराना समान गरि ५,९७,८२० रकम बराबर को भन्सार छली गरेर भित्र्याएको सामानहरू भन्सार चलान गरिएको सशस्त्र प्रहरी बल कृष्णनगर का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिल कुमार शाही ले जानकारी दिएका छन्।

सम्बन्धित् समाचार