हरि घिमिरे ,बोडगाउँ भदौ ,२
बाणगंगा नगरपालिकाको वडा न. ८ स्थित त्रिलोकमार्गमा उपभोक्ता समितीले आफनो टोल क्षेत्रमा विभिन्न जातका फुलहरु लगाएका छन । बाणगंगा पुलचोक टोल विकास संस्थाको आर्थिक सहयोग र त्रिलोकमार्गका स्थानियहरुको साझा पहलमा फुलका बिरवा लगाइएको हो । टोललाई सौैन्र्दय,हराबरा, स्वछ र सफा वनाउनका लागि बाटोको छेउछाउ , उपभोक्ताका घर वरिपरी र खाली ठाउँमा फुलहरु रोपिएको स्थानियहरु बताउछन ।


बाणगंगा नगरपालिकालाई प्लाष्टिक मुक्त नगर वनाउने कार्यको थालनि गर्न लागेकोे बेला त्रिलोकमार्गका स्थानियहरुले यस्तो काम पहिलै सुरुबात गरेको उपभोक्ता समितीका अध्यक्ष रमाकान्त घिमिरेले बताए । पुलचोक टोल विकास संस्था भित्रको त्रिलोकमार्ग उपभोक्ता समितीले आफ्नो टोल क्षेत्रलाई हराबरा, स्वछ र सफा वनाएकोमा खुसि व्यक्त गर्दै अन्य टोल विकास संस्था ,उपभोक्ता समुहहरु लाई यस्तै गरि काम गर्नका लागी वडा अध्यक्ष गुणनिधि भुषालले आग्रह गरका छन । त्रिलोकमार्ग टोलमा सात हजार दुई सय रुपैयाको फुलहरु रोपिएको थियो ।