गृहपृष्ठ खबर कपिलवस्तु सामुदायिक अस्पतालमा आखा उपचार सेवा सुरु हुदै

कपिलवस्तु सामुदायिक अस्पतालमा आखा उपचार सेवा सुरु हुदै

वैखरी अनलाइन संवाददाता
कपिलवस्तु सामुदायिक अस्पतालले आखा सम्बन्धी उपचार सेवा दैनिक रुपमा सुरु गर्ने भएको छ । बाणगंगाको चार नः जितपुरमा रहेको कपिलवस्तु सामुदायिक अस्पतालले यसै महिनाको अन्तीम साताबाट आखा सम्बन्धी सेवा सुरु गर्ने भएको हो । कपिलवस्तु बहादुरगञ्जमा मात्र आखा सम्बन्धी दैनिक उपचार हुदै आई रहेकोमा कपिलवस्तु सामुदायिक अस्पतालले पनि सेवा सुरु गर्दा धेरैलाई राहात पुग्ने अस्पतालका अध्यक्ष रामजि सेनले बताए । सेवा सुरु भएपछि कपिलवस्तु, रुपन्देही र अर्घाखाचीका आखा सम्बन्धी समस्या भएका नागरिकलाई उपचारका लागी पाइक पर्ने र सेवा लिन सक्ने अस्पतालका प्रशासकिय अधिकृत प्रविण पौडेलले बताए । भैरहवा स्थित रण अम्बीका अस्पतालले प्राविधिक सहयोग गर्ने भएपछि आखा सम्बन्धी सेवा सुरु गर्न लागेकोे र नगरपालिकाबाट अनुमति लिएर सेवा तत्काल सुरु गरिने अध्यक्ष सेनले वैखरी अनलाइनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार