गृहपृष्ठ खबर कपिलवस्तु सामुदायिक अस्पतालमा आखा उपचार सेवा सुरु हुदै

कपिलवस्तु सामुदायिक अस्पतालमा आखा उपचार सेवा सुरु हुदै

प्रकाशित मिति:

वैखरी अनलाइन संवाददाता
कपिलवस्तु सामुदायिक अस्पतालले आखा सम्बन्धी उपचार सेवा दैनिक रुपमा सुरु गर्ने भएको छ । बाणगंगाको चार नः जितपुरमा रहेको कपिलवस्तु सामुदायिक अस्पतालले यसै महिनाको अन्तीम साताबाट आखा सम्बन्धी सेवा सुरु गर्ने भएको हो । कपिलवस्तु बहादुरगञ्जमा मात्र आखा सम्बन्धी दैनिक उपचार हुदै आई रहेकोमा कपिलवस्तु सामुदायिक अस्पतालले पनि सेवा सुरु गर्दा धेरैलाई राहात पुग्ने अस्पतालका अध्यक्ष रामजि सेनले बताए । सेवा सुरु भएपछि कपिलवस्तु, रुपन्देही र अर्घाखाचीका आखा सम्बन्धी समस्या भएका नागरिकलाई उपचारका लागी पाइक पर्ने र सेवा लिन सक्ने अस्पतालका प्रशासकिय अधिकृत प्रविण पौडेलले बताए । भैरहवा स्थित रण अम्बीका अस्पतालले प्राविधिक सहयोग गर्ने भएपछि आखा सम्बन्धी सेवा सुरु गर्न लागेकोे र नगरपालिकाबाट अनुमति लिएर सेवा तत्काल सुरु गरिने अध्यक्ष सेनले वैखरी अनलाइनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार