गृहपृष्ठ खबर सरकारी जागिर लगाइ दिन्छु भन्दै पैसा खाने नेकपा बाणगंगाका अध्यक्ष बिरुद्ध उजुरी

सरकारी जागिर लगाइ दिन्छु भन्दै पैसा खाने नेकपा बाणगंगाका अध्यक्ष बिरुद्ध उजुरी

अशोक पौडेल
नेकपा कपिलवस्तु बाणगंगा नगरपालिकाका अध्यक्ष बिश्व कार्कीले सरकारी जागिर लगाइ दिने प्रलोभनमा लाखौ पैसा लिएको खुलाशा भएको छ । लोक सेवा तथा प्रहरी जवानमा नाम निकालि दिने भन्दै लाखौ पैसा लिएको खुल्न आएको हो । बाणगंगा नगरपालिका वडा नः २ बस्ने कार्कीले कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाची र रुपन्देहीका बिभिन्न ब्यतिmहरुबाट लाखौ पैसा लिएको खुल्न आएको हो ।

उनले नेकपा पार्टीका केन्द्रीय नेता सहित सरकारी जागिर खाने मन्त्रालयका सचिवसम्म पौच रहेको बताउदै जागिर लगाइदिने आश्वासन दिलाउदै ति ब्यतिmहरुलाई पैसा दिनु पर्ने भन्दै रकम मागेकाले र जागिर पाउने आशाले पैसा दिन बाध्य भएको पिडितहरुले बताएका छन । यसैगरी प्रलोभनमा पारी उनले ४५ लाख ३० हजार रकम लिएको एक पिडितले वैखरी अनलाइनका पत्रकार अशोक पौडेललाई फोन मार्फत जानकारी दिएका छन । यस बिषयमा जानकारी लिन खोज्दा करिव ३ दिनदेखि उनको मोवाइल स्वीच अफ रहेको छ ।

सम्बन्धित् समाचार