अजय मिश्र / कृष्णनगर, कपिलवस्तु भाद्र ४
कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यालय कृष्णनगर ले दुर्घटना न्यूनीकरण गर्न र अवैध सवारीसाधन हरुको रोकथाम गर्न निगरानी बढाउदै ठांउ ठांउ मा चेक जाच गरि ट्राफिक नियम विपरीत गाड़ी चलाउने चालक लगायत भन्सार नगरेका भारतीय नंबर प्लेट का सवारीसाधन र नविकरण नगरेका नेपाली नम्बर प्लेटका सवारीसाधन लाई कारवाही गर्ने कार्य तिब्र पारेको कृष्णनगर ट्राफिक प्रहरी कार्यालयका सहायक निरीक्षक निरज गौतम ले जानकारी दिएका छन्।
ट्राफिक प्रहरीले निगरानी बढाए संगै नियम संगत रूपमा सवारीसाधन चलाउनेको संख्यामा वृद्धि भएको स्थानीयहरूको भनाइ रहेको छ ।