गृहपृष्ठ खबर शुद्धोधन मा . वि मा विद्यार्थी सम्मान तथा जर्सी सार्वजनिक

शुद्धोधन मा . वि मा विद्यार्थी सम्मान तथा जर्सी सार्वजनिक

प्रकाशित मिति:

वैखरी , नबराज बेल्वासे भदौँ ४
विभिन्न विवादमा तानिएको विद्यालयले भने अहिले केहि चर्चा कमाएको छ । कपिलवस्तु फुटवल संघ एन्फाको आयोजना तथा सुर्योदय सामाजिक विकास संस्थाद्धारा सञ्चालित क्विक्स अन्तर विद्यालय छात्र छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताको उप–विजेता बनेको शुद्धोधन मा.वि जिनुवाका विद्यार्थीलाई आज सम्मान गरिएको छ साथै उक्त कार्यक्रममा विद्यालयको फुटबल जर्सी पनि सार्वजनिक गरिएको छ ।

विद्यार्थीलाई टिका , मेडल र मायको चिनोबाट सम्मान गरिएको थियो भने टिम म्यानेजर अविन शर्मा तथा टिमलाई त्यहाँ सम्म पुराउन कोचको भुमिका खेलेकोमा मनोज थापालाई पनि विशेष सम्मान गरिएको थियो ।

फाइनलमा पेनाल्टीमा वाणगंगा मा .वि सगँ पराजित हुदैँ शुद्धोधन उप–विजेता भई चित्त बुझाउनु परेको हो । वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र बेल्वासेको प्रमुख आथितियता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु , शिक्षक अभिभावक संघका अध्यक्ष कुन्तामणि भुसाल लगायतको विशिष्ट आथितियता रहेको थियो । कार्यक्रममा शुभकामना दिदैँ प्रमुख अतिथिले भन्नुभयो विद्यार्थीहरुको जिवन उज्जव छ , जसरी खेलमा लगनशिल भएर खेलेका थिए , पढाईमा पनि त्यस्तै लगनशिल रहनु पर्ने कुरामा जोड दिदै यस्ता कार्यक्रमले विद्यार्थीमा थप हौसला प्रदान गर्ने कुरामा जोड दिनुभएको थियो ।

विद्यालयमा आफ्नो वडा र आफु दुवैबाट सक्दो सहयोग गर्ने कुरा व्यक्त गदैँ विद्यार्थीहरुको शिक्षा क्षेत्र तथा खेल क्षेत्र दुवैमा सफलता प्राप्त गर्न शुभकामना दिनुभएको थियो । त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य भुवनेश्वर पौडेल , बिन्द्र बहादुर गुरुङ , शिक्षक अभिभावक संघका अध्यक्ष कुन्तामणि भुसाल लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित् समाचार