कञ्चन गाँउपालिका वडा नंबर ३ मा रहेको हरैया माध्यामिक बिद्यालयमा आजदेखी ६ दिने हस्तलेखन तालिम सुरु भएको छ । कक्षा ३ देखी ९ सम्मका करिब ५ सय बिद्यार्थीहरु सहभागी भएको उक्त तालिममा अङ्ग्रेजी र नेपाली दुवैमा अक्षर राम्रो बनाउने उद्देश्य राखिएको छ ।
बिद्यालयका प्रधानाध्यापक मेघनाथ शर्माले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै तालिमको उद्घाटन गर्नुभएको थियो ।
उहाँले बिद्यार्थीहरुको लेखनमा शुद्धता र सुन्दरतामा बृद्धी होस भन्दै र उनिहरुलाई सिकाईप्रति प्रेरित गर्नको लागी सो तालिमको आयोजना गरिएको जानकारी दिनुभएको छ । काठमाडौंबाट आउनुभएका प्रशिक्षकद्धय रश्मी अधिकारी र संगिता पोेख्रेलले ६ दिन सम्म मोनोक्रसिप लिपीबाट प्रशिक्षण दिनुहुनेछ। तालिममा अनुशासित उत्साहित हुदै बिद्यार्थीहरु सक्रिय रुपमा सहभागी भएका छन ।