गृहपृष्ठ खबर युवा तथा खेलकुद विभाग कपिलवस्तुको सचिवमा रेश्मी

युवा तथा खेलकुद विभाग कपिलवस्तुको सचिवमा रेश्मी

प्रकाशित मिति:

वैखरी अनलाइन संवाददाता
नेकपा कपिलवस्तुको युवा तथा खेलकुद विभागको प्रथम बैठक सम्पन्न भएको छ । जिल्लाको बाणगंगा नगरपालिका चार नः जितपुर स्थित पार्टी कार्यालयमा बसेको बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । विभागको सचिवको जिम्मेवारी पार्टीको दुई कार्यकाल निर्वाचित सदस्यको जिम्मेवारी समेत निर्वाह गरी सकेका छवि रेश्मी मगरलाई सचिव पदको जिम्मेवारी प्रदान गरेको छ । विभिन्न बेरोजगार र क्षमतावान युवाहरुको डाटा सकंलनका लागी विभागका उपप्रमुख टोप नारायण बेल्बासेको संयोज्कत्वमा ५ सदस्य समिति गठन भएको छ । अगुवा युवा कार्यकर्ताहरुको बृहत भेलाको समन्वय गर्नका लागी महादेव पोखरेल, गोपाल ज्ञवाली, शरदमणी पौडेललाई जिम्मा दिइएको छ भने समग्र खेलाडीको पहिचान खेल सम्बन्धीत गतिविधिको डाटा सकंलन र भावी योजना निमार्ण गर्ने जिम्मेवारी छविलाल रेश्मी मगरको संयोजक्तवमा ५ सदस्य समिति गठन भएको विभागका प्रमुख चक्र अर्यालले वैखरी अनलाइनलाई जानकारी दिएका छन ।

कार्यक्रमको प्रमुख अथितिका रुपमा बोल्दै नेकपा कपिलवस्तुुका जिल्ला अध्यक्ष झविलाल पोखरेलले लामो समयदेखि कमिटिबिहिन युवाहरुलाई संङगठीत र प्रशिक्षित गर्दै रचनात्मक कृयाकलापहरुमा युवाहरुलाई समेट्न निर्देशन दिदै पार्टीले खेलकुद क्षेत्र र युवाहरुलाई बिशेष रुपमा हेरेकोले पार्टीको शान र गरिमालाई जोगाउन सोही अनुसार काम गर्न उनले सवैमा आग्रह गरेका छन । नेकपा कपिलवस्तुका सचिवालय सदस्य डम्मर शर्माले पछिल्लो समय खेलकुद क्षेत्रमा युवाहरुको लगाव बिशेष गरेर क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धीले युवाहरु क्रिकेटप्रति आर्कषित भइरहेको अवस्थामा खेलाडीहरुको पहिचान गरि क्षमता अभिबृद्धिका लागी सम्बन्धीत निकायहरुमा पहल गर्ने बताउदै तिनै तहका सरकारमा समन्वय गरी योजना पेश गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न कमिटिलाई लागी पर्न आग्रह गरेका छन । कार्यक्रम युवा तथा खेलकुद विभागका प्रमुख चक्र अर्यालको अध्यक्षता, नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलको प्रमुख आथित्यतामा बैठक सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार