कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यालय कृष्णनगरले दुर्घटना नियुनिकरण गर्न र अवैध सवारी हरुको रोकथाम गर्न निगरानी बढाउदै ठांउ ठांउ मा चेक जाच गरि ट्राफिक नियम विपरीत सवारी चलाउने चालक लगायत भन्सार न गरेका भारतीय नंबर प्लेट का सवारी र कर जम्मा नगरेका नेपाली नंबर प्लेट को सवारी लाई कार्वाही गर्ने कार्य तिब्र पारिएको कुरा कृष्णनगर ट्राफिक प्रहरी सहायक निरीक्षक निरज गौतमले जानकारी दिएका छन्।
उक्त निगरानी बढाउदा चालक हरुले हेलमेट प्रयोग गर्ने ,सवारीको ब्लुबुक , भारतीय सवारीहरुको भन्सार र सुबिधा गराउने र सवारी चालक अनुमति पत्र साथ मा राखेर सवारी चलाउने व्यक्तिको संख्यामा उल्लेखनीय बृद्धि भएको कुरा स्थानीयको बुझाइ छ।
साथै कृष्णनगर बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्य ले केहि समय अगाडि ईलाका प्रहरी कार्यालय र कृष्णनगर नगरपालिका को सहयोग मा वजार व्यवस्थापन म समेत ट्राफिक कार्यालय कृष्णनगर को भूमिका अपरिहार्य रह्यो।