गृहपृष्ठ खबर प्रदेशस्तरिए मदरसा शिक्षा समिती गठन हुने कुरा सराहनीय

प्रदेशस्तरिए मदरसा शिक्षा समिती गठन हुने कुरा सराहनीय

प्रकाशित मिति:

नेपाल सरकार प्रदेश नं.५ मुख्यमन्त्री तथा मन्त्री परिषद को बैठक ले विभिन्न निर्णय गरेका साथै बैठकले मदरसा शिक्षा कार्यविधी २०७६ समेत स्वीकृत गरेको छ। 

जस्मा मुस्लिम समुदायका बाल बालिकाको शिक्षा पाउने अधिकार को सुनिश्चतता को लागि वैकल्पिक माध्यमका रुपमा स्थापित मदरसाहरुको शिक्षामा मूलप्रवाहिकरण का लागि अवश्यक समन्वय सहकार्य र सहजीकरण गर्ने ।
दफा ३ बमोजिम उद्देश्य हासिल गर्नका लागि सहयोग पुर्याउन प्रदेशस्तरिए मदरसा शिक्षा समिती गठनको उद्देश्य राखिएको हो ।

उक्त निर्णय प्रति प्रदेश नं.५ का मुस्लिम समुदाय खुसी रहेको स्थानिय मुस्लिम अगुवाहरू बताउछन।
यस्मा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुलगनी अलकुफी, शैख जैस मक्की,प्रवक्ता मौलाना जहीर अहमद बरेलवी ले प्रदेश सरकार को यस्तो निर्णय स्वागत योग्य रहेको जानकारी दिएका छन्।राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय महासचिव मौलाना मसहूद खां नेपाली ले प्रदेश नं.५का समाजिक विकास मन्त्री सुदर्शन बराल ले जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर को वार्षिक कार्यक्रम मा सम्बोधनमा मन्त्री ले आफू मुस्लिम समुदायको हक हितमा रहेको र प्रदेश स्तरिए मदरसा शिक्षा समिती गठन गर्न पहल गर्ने कुरा भनेको मा सो वाचा आज पुरा गरेको जानकारी दिनुभयो।

सम्बन्धित् समाचार