गृहपृष्ठ खबर कपिलवस्तुको ज्ञानपुञ्ज बोडिङ्ग स्कुल र बाणगंगा मा.वि.ISA अवार्ड चुम्न सफल

कपिलवस्तुको ज्ञानपुञ्ज बोडिङ्ग स्कुल र बाणगंगा मा.वि.ISA अवार्ड चुम्न सफल

कपिलवस्तु जिल्लाका उत्कृष्ठ शैक्षिक धरोहरको रुपमामा स्थापित २ विद्यालयले अन्तरराष्ट्रिय स्तरको क्ष्क्ब् अवार्ड प्राप्त गरेका छन् । बाणगंगा नगरपालिका भित्र सञ्चालनमा रहेका शैक्षिक संस्थाहरुले विभिन्न क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मान तथा पुरस्कार जित्न सफल भई विद्यालय एवं जिल्लाकै नाम उच्च स्थानमा राख्न सफल भएका छन् । अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त ब्रिटिस काउन्सिलले प्रदान गर्ने क्ष्क्ब् ब्ध्ब्च्म् द्दण्ज्ञडरज्ञढ वाट संस्थागत तर्फ ज्ञानपुञ्ज बोडिङ्ग स्कुल राजपुरले जित्न सफल भएको छ । त्यसैगरी सामुदायिक विद्यालय तर्फ बाणगंगा माध्यमिक विद्यालय गजेहडाले यो अवार्ड जित्न सफल भएको हो ।

देशभरबाट आइएसए प्रक्रियामा रहेका विद्यालयहरुबाट उनीहरुले गरेको क्रियाकलापका आधारमा मुल्यांकन गरी ‘इन्टरनेश्नल स्कुल अवार्ड’ प्रदान गरिएको हो । पाठ्यक्रम विकास केन्द्र र ब्रिटिस काउन्सिलले राजधानीमा मंगलबार विशेष कार्यक्रमको आयोजना गरी मुलुकभरबाट १२५ विद्यालय सहभागी रहेकोमा ३७ नयाँ विधालय र ४ पुराना विधालयले पुर्ण अर्वाड पाएका थिए । कार्यक्रममा ज्ञानपुञ्ज बोर्डिङ्गका प्रिन्सिपल रोमाकान्त घिमिरे बाणगंगा माध्यमिक विद्यालयका प्राचार्य राम प्रसाद भण्डारी,तथा गोविन्द पोख्रेलले सो अवार्ड ग्रहण गरेका हुन । अवार्ड प्राप्त गरिसकेपछी बाणगंगा मा.विका प्राचार्य रामप्रसाद भण्डारीले जिल्लामै पहिलो पल्ट अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा निकै उत्साहित भएको बताए ।

त्यस्तै ज्ञानपुञ्ज स्कुलका प्रिन्सिपल घिमिरेले जिल्लामै पहिलो पटक अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गर्ने योगदान गर्ने बिद्यालय सञ्चालक,संस्थापक,अविभावक,विद्यार्थी शिक्षक शिक्षिका संयोजक सह–संयोजक एम्बेस्टर अमित सिङजापती लागायत प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रति हार्दिक आभार व्यक्त गरेका छन । आगामी दिनहरुमा बाणगंगा नगर भित्र शैक्षिक कृयाकलापमा उल्लेख्य परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

सम्बन्धित् समाचार