गृहपृष्ठ प्रदेश नं ५ जिल्लामा ब्लड बैंक स्थापना गर्न आवश्यक : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

जिल्लामा ब्लड बैंक स्थापना गर्न आवश्यक : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

प्रकाशित मिति:

अजय मिश्र/ कृष्णनगर कपिलवस्तु भाद्र ६

सशस्त्र प्रहरी ऐन २०५८लाई लालमोहर लगाईएको दिन लाई सशस्त्र प्रहरी बल नेपालले ऐतिहासिक दिनको रुपमा मनाउने उद्देश्य ले सशस्त्र प्रहरी महानिरीक्षक दोश्रो रक्तदान कार्यक्रम लाई भव्यताका साथ मनाउन आज भाद्र ६ गते सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी वाहिनी मूख्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण कपिलवस्तु ,सशस्त्र प्रहरी बल नेपाल नं. ३९गुल्म हे.क्वा.(रा.तथा भ.ग.सु) कृष्णनगर कपिलवस्तु र लायन्स क्लब अफ कृष्णनगरको सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सशस्त्र प्रहरी बल नं.३९गुल्म कृष्णनगरको पप्राङ्गणमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तुका जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादूर श्रेष्ठ,सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मूख्यालयका निमित्त बाहिनीपति स.प्र.ब.उ.कुमार न्योपाने,स.प्र.ब.नेपाल नं.२८ का सशस्त्र प्रहरी उपरिक्षक जनकपुरी,कृष्णनगर भन्सार कार्यलय प्रमुख,आन्तरिक राजस्व कार्यलय कृष्णनगर प्रमुख,विजयनगर गाउपालिका प्रमुख,उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष,ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रमुख,ईलाका प्रहरी कार्यलय गणेशपुर प्रमुख,लायन्स क्लब अफ कृष्णनगर अध्यक्ष,अशोका कर्ण,लायन्स क्लबका जिल्ला सल्लाहकार लायन्स दिनेश चन्द्र गुप्ता,सचिव अनिल कुमार मोदनवाल,उपाध्यक्ष सनाउल्ला खान,लायन्स क्लब आफ चन्द्रौटाका अध्यक्ष शिवराज सापकोटा, रेडक्रसका प्रतिनिधी,के.आई.नेपाल कृष्णनगर प्रमुख,लगायत पत्रकार समाजसेवीहरु उपस्थित रहेका थिए ।

रक्तदान जीवन दान बराबर रहेको र कपिलवस्तु जिल्लामा ब्लड बैंक नहुनाले आकस्मिक अवस्थामा निकै असहज साथै ब्लड आवश्यक परेका व्यक्तिहरु बाहिर जानु पर्ने बाध्यता देखा परेकाले कपिलवस्तु जिल्लामा नै ब्लड बैंक स्थापना गर्नु पर्ने कुरामा जोड दिदै आफूबाट हुनसक्ने हरेक यस सम्बन्धि प्रयास गर्न तयार रहेको प्रमुख अतिथि श्रेष्ठले बताउनु भएको छ ।

उक्त रक्तदान कार्यक्रम मा सशस्त्र प्रहरीका कर्मचारी,नेपाल प्रहरी,पत्रकार र सरकारी गैर सरकारी,संघ संस्था का व्यक्ति,व्यापारी,सर्व साधारण गरी जम्मा ८० यूनिट रक्तदान गरेको सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म कृष्णनगर का सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिनु भएको छ ।

सम्बन्धित् समाचार