गृहपृष्ठ खबर बुद्धदिप ईङिलश बोर्डिङ स्कुलमा वक्तृत्वकला प्रतियोगिता , सरस्वती मावी प्रथम

बुद्धदिप ईङिलश बोर्डिङ स्कुलमा वक्तृत्वकला प्रतियोगिता , सरस्वती मावी प्रथम

प्रकाशित मिति:

तारा पौडेल
६ , भदौ कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिका वडा नंबर ५ मा रहेको बुद्धदिप आवाशिय ईङिलश बोर्डिङ स्कुलमा आज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी कञ्चन उपशाखाको आयोजना, बुद्धदिप आवाशिय ईङिलश बोर्डिङ स्कुलको आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।

“मानविय सेवा कार्यमा रेडक्रस” भन्ने शिर्षकमा भएको प्रतियोगितामा ८ विद्यालयका बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । जसमा सरस्वती माध्यामिक बिद्यालय बर्गदवाकी सिर्जना रिजाल प्रथम , बुद्धदिप आवाशिय ईङिलश बोर्डिङ स्कुलकी अन्जु बुढा मगर द्धितिय , प्रगती माध्यामिक बिद्यालयका किरण खत्री तृतिय र हरैया माध्यामिक बिद्यालयका हिमाल सापकोटा सान्त्वना हुन सफल भएका छन ।

बुद्धदिप जुनियर युवा सर्कलका अध्यक्ष अश्विन पौडेलको अध्यक्षता , बुद्धदिप आवाशिय ईङिलश बोर्डिङ स्कुलका संरक्षक लेखनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा ३ सदस्यिय निर्णायक मण्डल गठन गरिएको थियो, जसको संयोजकमा लुम्विनी ज्ञाननिकेतनका बालकृष्ण पराजुली रहनुभएको थियो भने सदस्यमा बुद्धदिपका लोकनाथ भट्टराई र कन्चन उपशाखाका उपसभापति तथा हिमालय आधारभुत बिद्यालयका शिक्षक नायक गंगालाल पौडेल रहनुभएको थियो ।

कन्चन उपशाखाका सचिव तुलबहादुर थापाले रेडक्रस र उपशाखाको बारेमा प्रकाश पार्नुभएको कार्यक्रममा जुुनियर सर्कलका सदस्य संस्कार पौडेलको स्वागत तथा बुद्धदिप आवाशिय ईङिलश बोर्डिङ स्कुलका शिक्षक नायक उमा ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार