गृहपृष्ठ खबर बाणगंगा माविले मनायो बिजयी उत्सव, जिल्लाबासी खुशी

बाणगंगा माविले मनायो बिजयी उत्सव, जिल्लाबासी खुशी

प्रकाशित मिति:

वैखरी अनलाइन संवाददाता
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ स्थित बाणगंगा माध्यमिक बिद्यालयले बिजयी उत्सव मनाएको छ । अन्तराष्ट्रीय अवार्ड २०१९ (आइएसए) बाट सम्मानित हने बाणगंगा मावि पहिलो भएपछि बिद्यालयले बिजयी उत्सव मनाएको हो । कपिलवस्तुमा शैक्षिक क्षेत्रका रुपमा हालसम्मै ठुलो अर्वाड बिद्यालयले पाएपछि खुशीयाली स्वरुप ¥याली सहित एक औपचारिक कार्यक्रमको आयोजना गरि बिजयी उत्सव बिद्यालयले मनाएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति शिक्षा ईकाइ समन्वय समिति कार्यलय कपिलवस्तुका प्रमुख धानेश्वर घिमिरेले सामुदायिक बिद्यालयले पाएको यो सफलता समग्र कपिलवस्तु जिल्लाकै लागी उदारणीय रहेको बताउदै अन्य बिद्यालयलाइ पनि बाणगंगा माविको सिको गरेर बिद्यार्थीमा ब्यवहारीक ज्ञान प्रदान गर्न आग्रह गरेका छन । कार्यक्रममा वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले यो सफलता वडाको मात्र नभई जिल्लाको पहिचानको रुपमा रहेको बताए । नतिजा देखि अतिरितm कृयाकलापमा समेत जिल्लामै अब्बल रहेको हुदा बाणगंगा मावि मेरो वडाको बिद्यालय हो भन्दा निकै खुशी आफुलाई लाग्ने गरेको उनले बताए । बिजयी उत्सव कार्यक्रममा बाणगंगा नगरपालिकाका शिक्षा प्रमुख बाबुराम भट्टराई, आइएसए अवार्ड कार्यक्रम संयोजक गोबिन्द पोखरेल, बिद्यालय प्रार्चाय राम प्रसाद भण्डारी, पुर्व प्रार्चाय नन्दकिशोर शुक्ला लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार