गृहपृष्ठ खबर स्ववियु सिद्धार्थ क्याम्पसको खुल्ला आन्तरिक तीज गीत कार्यक्रम सम्पन्न

स्ववियु सिद्धार्थ क्याम्पसको खुल्ला आन्तरिक तीज गीत कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

हरि घिमिरे भदै – ९
हरेक क्रियाकलापहरुमा भावना र चाहनालाई बुझेर विद्यार्थिहरुको मन जित्दै आएको स्व.वि.यु. सिद्धार्थ क्याम्पसले तीज गित कार्यक्रम सोमवार सम्पन्न गरेको छ । महिला हरुको महान चाड हरितालीका तिजको अवसर पार्दै ूवैज्ञानिक र सर्वसुलभ जिवन उपयोगि शिक्षा आजको आवशयकता, विद्यार्थी हक हित र अधिकार संरक्षण हाम्रो प्रतिवद्धताू भन्ने मुल नाराका साथ सिद्धार्थ क्याम्पसको सभाहलमा स्व.वि.यु ले कार्यक्रम सम्पन्न गरेको हो ।

खुल्ला आन्तरिक तीज गित कार्यक्रममा हिरा घिमिरेको टिम प्रथम, सञ्चिता खनालको टिम द्धितीय तथा समिक्षा उचाईको टिम तृतीय हुन सफल भएको छ । प्रथम टिमलाई नगद रु ३ हजार, द्धितीय टिमलाई नगद रु २ हजार तथा तृतीय टिमलाई नगद रु १ हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । उक्त पुरस्कार सिद्धार्थ ईन्स्टिच्युट बाणगंगा ४ बुङचिले प्रायोजन गरेको थियो । कार्यक्रममा लोक गायक पुर्ण चन्द्र परियार, गायिका शारदा खनाल तथा बर्षा लम्साल निर्णायकको भुमिकामा रहेका थिए ।

तिज कार्यक्रममा बोल्दै प्रमुुख अतिथी बाणगंगा नगरपालिका वडा न.१ का वडा अध्यक्ष वाल कुमारि पन्तले सम्पुर्ण नेपालि महिला दिदी बैनि हरुलाई तिजको शुभकामना व्यक्त गरिन । तिज महिलाहरुको महान चाड भएकाले यस लाई विकृती र विसंगति र्तफ बाट महिलाहरुलेनै जोगाउँदै महत्वका साथ मनाउनु पर्नेमा जोड दिइन । अध्यक्ष पन्तले स्ववियु सिद्धार्थ क्याम्पसको हरेक कार्यक्रममा आफुलाई सम्झीदै गएकोमा आभार व्यक्त गरिन । त्यस्तै क्याम्पस प्रमुख खेमराज शर्माले स्ववियु सिद्धार्थ क्याम्पस शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा जिल्लामै आफुहरु अब्बल रहेको दावि गरे ।

स्ववियु अध्यक्ष सुशिल खत्रीको अध्यक्षता, अनेरास्ववियुका सागर बन्जाडेको स्वागत तथा स्ववियु सचिव हरि ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रध्यापक शैक्षिक व्यतित्वहरु र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार