गृहपृष्ठ खबर बाणगंगाको सनराइज क्लव मोतिपुरले गुल्मीमा बाढ्यो राहात

बाणगंगाको सनराइज क्लव मोतिपुरले गुल्मीमा बाढ्यो राहात

वैखरी अनलाइन संवाददाता
कपिलवस्तुुको बाणगंगा नगरपालिका वडा नः १० स्थित सनराइज क्लव मोतिपुरले गुल्मीका बाढिपिडितलाई राहात वितरण गरेको छ । बाढि पहिरोबाट पिडामा रहेका गुल्मी सत्यवती गाउपालिकाका पिडितहरुलाई क्लवले राहात प्रदान गरेको हो । नगद रु ४० चालिस हजार सहित २० हजार बराबरको खाद्यान्न सामाग्री बितरण गरिएको क्लव अध्यक्ष थम्मन थापाले बताए । बाढिपहिरोमा परि सत्यवति गाउपालिकाका ६ जनाको मृत्यु र ५ सय बढि स्थानिय बिस्थापित भएका थिए । राहात पाउदा निकै खुशी लागेको बताउदै युवाहरुको क्लवले सहयोग उदारणीय रहेको सत्यवति गाउपालिका वडा नः ३ का अध्यक्ष रुक बहादुर रानाले बताए । यसरी पिडामा परेकालाई सक्दो सहयोग गर्ने उदेश्यले राहात प्रदान गरिएको राहात वितरण प्रदान कार्यक्रमको नेतृत्व गरेका सनराइज क्लवका उपाध्यक्ष हेम बहादुर रेश्मी मगर र सचिव सोनि लामिछाने मगरले बताए । क्लवले प्रगतिशिल किशोरी संवाद केन्द्रको सहकार्यमा राहात प्रदान गरेको हो ।

सम्बन्धित् समाचार