वैखरी अनलाइन संवाददाता
कपिलवस्तुको बाणगंगा नगरपालिका बुङची स्थित सिद्धार्थ ईन्ष्टिच्यूटको एक कार्यक्रमकाबिच औपचारिक उद्यघाटन भएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल र बरिष्ठ समाजसेवि दोलकराम घिमिरेले सयुतm रुपमा रिवन काटेर ईन्ष्टिच्यूटको उद्यघाटन गरेका हुन । सो अवसरमा आयोजित तिजको शुभकामना आदान प्रदान सहित शुभकामना मन्तब्य समेत राखीएको थियो । कार्यक्रममा बोल्दै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले तीजलाई भब्य र सभ्य रुपले भडकीलो नबनाई मनाउनु पर्नमा जोड दिएका छन । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा बोल्दै नेपली काग्रेसका नेता तथा बरिष्ठ समाजसेवि डोलकराम घिमिरेले सिद्धार्थ ईन्ष्टिच्यूटले गरेकोमा कामको प्रशंसा गर्दै थप रचनात्मक काम गर्दै अगाडी बढ्न सुझाव दिएका छन । ईन्ष्टिच्यूटका प्रवन्ध निर्देशक शुसिल खत्रीले आफुले नाफामुखी सस्थाका रुपमा नखोलेको भन्दै सेवामुलक सस्थाका रुपमा बिकास गर्ने बताए । कार्यक्रममा वैखरी अनलाइनका प्रधान सम्पादक अशोक पौडेल, मन्टेसरी शिक्षिका लक्ष्मी पोखरेल, ईन्ष्टिच्यूटका सल्लाहकार शंकर प्रसाद न्यौपाने लगायतले आआफनो धारणा राखेका थिए ।